रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओ आउने
२०७७ श्रावण १७ शनिबार १०:२१:००
मा प्रकाशित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने भएको छ । आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि आइपिओ आउने भएको हो । उक्त कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निकाल्न बोर्डले शुक्रबार अनुमति दिएको छ ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले एक सय अंकित मूल्यमा ६३ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड छ भने अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।
कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
(राजधानी दैनिकबाट)