माइग्रेनको समस्या भएमा के–के गर्ने ?

२०७७ श्रावण १६ शुक्रबार १६:०४:०० मा प्रकाशित

माइग्रेन रिसर्च फाउन्डेसनले विभिन्न अध्ययनहरु गरेको छ । खासमा माइग्रेन भन्नाले के बुझने् कतै हाम्रो परिवारका सदस्य बालबालिका र वयस्कहरुमा त यो रोगको वास छैन ? अमेरिकी खोजहरुले जम्मा जम्मी त्यहाँ १२% मानिसहरु यो रोगको शिकार भएको खुलासा गरेका छन् । माइग्रेन रोगको टाउको दुखाइको असर हानीकारक हुने भनिन्छ । यो एक प्रकारको नसाको रोग हो ।

लक्षणहरु
- रिङ्गटा लाग्ने
- भमिट हुने
- हातखुट्टामा करेन्ट लाग्ने
- देखिरहेको दृश्य परिवर्तन हुने
- आवाज, प्रकाश र गन्धबाट एलर्जी हुने

माइग्रेन दुब्रलता र दीर्घकालीन रोग हो । प्राकृतिक उपचार नै यसको प्राथमिक उपचार मानिन्छ ।

माइग्रेनको प्राथमिक उपचार
१. अकुप्रेशर
साधरण तय जीउको विभिन्न भागको दुखाई कम गर्न अकुप्रेशर मद्वतकारी हुने गर्दछ । मांसपेशीको दुखाई कम गर्न विभिन्न जोर्नीहरुमा जोड लगाउनाले शरिर स्फुर्त गराइदिन्छ ।
 
LI-14 Point देब्रे बुढि औंला र सुचक औंलाको सतहको भाग हो जहाँ बढि मात्रामा दबाब दिइने गरिन्छ । त्यहाँ ५ मिनेट सन्तुलित प्रेशर दिँदा टाउको दुःखेको निर्मूल हुने बताइन्छ ।

२. डायटमा परिवर्तन
कुन कुन फल खानाले माइग्रेनका विरामी लाई बढि असर पर्छ 
– प्रशोधित खाना
– रेड वाइन
– मादक पदार्थ
– चकलेट
– कफि मिसिएका पेय पदार्थ

३. चिल्लो पदार्थको आवश्यकता
ल्याभेण्डरको तेल शरिरलाई नभइ नहुने तेल हो । शरिर भारी हुने, दुख्ने र टाउको दुख्ने रोग भएका विरामीलाई यस किसिमको तेल फाइदामन्द हुने गर्छ । 

४.अदुवा
अदुवाको पाउडर एक किसिमको अचुक औषधी हो । माइग्रेन भएका विरामीमा यसको असर त देखिँदैन तर यसको एलर्जी रहिरहन्छ तर साइड इफेक्ट भने रहँदैन ।

५. तनाव हटाउने उपाय 
तनाव हुनु माइग्रनको विरामीको एक असाधारण लक्षण हो । पटक पटक मनमा तनाव हुनु नै यसको कारक तत्व मानिन्छ ।
यस किसिमको मानसिक कमजोरी हटाउन संगित सुन्नु एक हदसम्म लाभदायक हुनआउँछ । व्यायाम, पत्रपत्रिका पढ्नु, ध्यान गर्नाले यो रोगको शिकार हुनबाट जोखिम कम गर्छ ।

६. योगा
मांसपेशी तन्दुरुस्त गर्ने अचुक उपाय योगा हो । योगाले मानव शरिरको शारिरीक अभ्यास बढाइ उर्जा दिन्छ । शरिर लचिलो हुँदै मानिसले गर्ने घरेलु तथा कार्यलयको काममा सफलता प्राप्त हुन्छ । मानिसको मष्तिस्कको शान्त राख्न र पाचन प्रणाली दरिलो राख्न पनि योगालाई  एक अचुक उपाय मानिन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)
 

ताजा खबर