मै सर्वेसर्वा हुँ भन्दा कम्युनिस्ट आन्दोलन थिलथिलो : नेपाल

२०७७ श्रावण ८ बिहीबार ०७:४३:०० मा प्रकाशित

काठमाडौँ — पार्टीभित्र अन्तरसंघर्ष चलिरहेका बेला नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्ति देखा परेकाले त्यसविरुद्ध उभिन आग्रह गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै नेपालले अर्काको अस्तित्व स्वीकार नगर्ने, मै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई विगतमा थिलथिलो बनाएको स्मरण गरेका छन् । ‘हिजो विभाजनबाट थिलथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौं । आज पनि कहीं कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसविरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ,’ वक्तव्यमा छ ।

‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको अलौकिक वा चमत्कारिक नेतृत्वमा विश्वास गर्ने नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने क्रान्तिकारी संस्था भएकाले यसलाई त्यहीअनुसार कमिटी प्रणालीका आधारमा चलाउनुपर्छ भन्ने मान्यतालाई दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ,’ नेपालले भनेका छन् ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर