नोभेम्वरको पहिलो दिनबाट ४४ टेकिन ऐश्वर्या  

२०७४ कार्तिक १५ बुधबार १५:३९:०० मा प्रकाशित

मुम्वई । सन् १९७३ को नोभेम्बर १ मा मंगलुरुमा जन्मिएकी ऐश्वर्या राय बच्चन ४४ वर्षमा प्रवेश गरेकी छन् । दर्जनांै फिल्ममा काम गरेकी नायिका ऐश्वर्याले २००७ मा बलिउड सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । बिवाहको केही वर्षपछि २०११ मा एक छोरीलाई जन्म दिएकी थिइन् ।

ऐश्वर्याको इच्छा आर्किटेक्ट बन्ने थियो तर मोडलिङले गर्दा उनको क्यारियर बलिउड फिल्मी नगरीतिर मोडिन पुग्यो । अहिले उनी बलिउडको एक सफल अभिनेत्रीका साथै बच्चन परिवारको निकै हेरविचार गर्ने एउटा असल बुहारीको रुपमा पनि चिनिन्छिन् ।  १९९४ मा मिस वल्र्ड बनेपछि उनी विश्वभर चर्चित बनेकी थिइन् । उनको सौन्दर्य र नसालु आँखाको चर्चा अहिले पनि हुनेगर्छ ।

मोडलिङबाट आफ्नो क्यारियर शुरु गरेकी ऐश्वर्या मिस वल्र्ड हुँदै बलिउडसम्म पुगेकी हुन् । बच्चन परिवारको बुहारी भएपछि पनि उनको नाम बेलाबेलामा बलिउडका कलाकार सलमान खान र विवेक ओबरोयसँग जोडिएको थियो ।

१९९९ मा रिलिज भएको ‘हम दिल दे चुके सनम’ बाट सलमान र ऐश्वर्याको मायाप्रेम सुरु भएको थियो । जुन  धेरै समय टिक्न भने सकेन । सलमानको भड्किलो व्यवहारलाई सहन नसकेपछि २०११ मा यी दुईको प्रेम सम्बन्ध टुटेको थियो ।

उनी अभिनित दुईवटा फिल्म सरबजीत र ऐ दिल हे मुस्किल पछिल्लो वर्ष सार्वजनिक भएको थियो ।  यतिबेला उनी अतुल मन्जेकरको निर्देशनमा बन्न लागेको ‘फन्ने खाँ’ भन्ने फिल्मकोको सुटिङमा व्यस्त छन् । एजेन्सी 
 

ताजा खबर