दासढुंगा ‘दुर्घटना’ केपी र माधवलाई अवसर 

२०७७ असार १५ सोमबार ११:५१:०० मा प्रकाशित

मदन भण्डारी नामको ‘युफोरिया’ थियो त्यो बेला ! 

भाषण गरेकै भरमा उनले दरवारियाहरुसँग अडान लिएर ०४७ सालको संविधान ल्याउने कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराईदिए । 

स्वदेश मात्र होईन, विदेश पनि हत्प्रभ भयो । 

‘न्यूजवीक’ को एउटा भित्री पातोको ‘बटम कर्नर’ मा  उनका बारेमा फिचर छापियो । 

घनघोर कम्युनिष्टहरु एउटा पश्चिमा ‘बुर्जुवा’ अखबारले उनलाई दिएको ठाउँ देखेर आल्हादित भए । 

“ईन नेपाल, कार्ल मार्क्स लिभ्स !”

उनले त्यतिबेला पाएको अभूतपूर्व ‘पब्लिसीटी !’

यतिबेलाका केपीओ (केपी ओली) र माकुने (माधवकुमार नेपाल) हरु लुब्ध, क्षुब्ध थिएनन् होला र ? दासढुंगा ‘दूर्घटना’ यिनीहरुका लागि अवसर भैदियो । 
मदन भण्डारीलाई कहिले कांग्रेसीले मारे, कहिले अमेरिकाले !

आन्दोलनका नाममा बाटाका रेलिङ्ग भाँचे, टेलिफोन बूथ जलाए, सत्तामा आएपछि आफैं निस्लाम भए ! मदन भण्डारी वास्तवमा ‘जननेता’ थिए कि थिएनन्, हेर्नै पाईएन !

चारु मजुमदारको नक्सली गिँड कटुवा आन्दोलनको स्कूलबाट आएका उनले तत्कालीन एमालेलाई ‘जबज’ को नाममा संसदीय परिपाटीमा स्थापित भने गरेकै हुन् । एमाले त्यसपछि ‘भाई कांग्रेस’ भयो । कांग्रेस बीपीलाई देखाउँछ । पुरानो एमाले भण्डारीलाई !

नेकपा डबलका अहिलेका कागजी नेता प्रचण्ड बिलखबन्दमा छन्, नखाउँ दिनभरीको शिकार, खाउँ कान्छा बाऊको अनुहार ! केपीओले भारतीय पासा जो फ्याँकिदिए !
राजनीति सम्भावनाको खेल हो भन्छन, नेपाली सन्दर्भमा यो गजबको खेल हो । 

त्यो गजबको बारेमा कामरेड राष्ट्रपतिलाई थाहा हुनुपर्ने हो ।
 

ताजा खबर