थप २४ जनामा कोरोना पुष्टि : गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुग्यो

२०७७ असार ५ शुक्रबार ०७:३४:०० मा प्रकाशित

काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जना नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।

उनकाअनुसार  बागलुङमा १४ जना, कास्कीमा ६ जना, स्याङ्जामा २ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन्।
 

(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर