शरिरको झिन्झिनाहट हटाउन कफि सेवन गरौं ः आराम पाऔं

२०७७ बैशाख १२ शुक्रबार १०:३९:०० मा प्रकाशित

कफिले शरिरलाई आराम दिन्छ । अरोमा र कालो पदार्थले शरिरलाई न्यानो मिल्ने गर्छ । कफिको सेवन मानिसको मुड चेन्ज तुरुन्तै हुने गर्दछ । युरोपियन मुटु रोकथाम जर्नलमा प्रकाशित रचनामा कफिले मानिसलाई लामो आयु दिने टिपोट गरिएको छ ।अप्रशोधित कफि जन्य पदार्थको कारण मानिसमा हतासको वातावरण श्रृजना गर्ने, मुटुलाई व्यवधान हुने तथा अनाहकमा शरिरको सन्तुलन विर्गने खोजहरुमा उल्लेख गरिएको छ ।

ग्रीक, स्वीडेन र टर्कीका वैज्ञानिकहरुले पटक पटकको कफि सेवनले स्वास्थको लागि लाभदायक नहुने तर्क पोखेका हुन् ।
कफिस्टोल र काहावेल कफिमा लाग्ने त्यस्ता चिज हुन् जसको कारण मानिसमा टाइग्लिसिरेड र एलडिएल कोलस्ट्रोल लेभल ह्वात्तै बढ्ने बताइन्छ ।
नर्वेमा कम उमेर समूह र वयोवृद्वामा परिक्षण भयो । तथ्याङ्कले जीवनशैलीमा र प्रसोधित कफि लिने बानीे सकारात्मक प्रयोग हो भनि स्विकारेको छ ।

प्रमाणिक सल्लाह
अमेरिकी मुटु चिकित्सक समूहले कफि लिनाले मानिसको मानसिक स्वास्थ्य सबल हुने , मूड बनाइ राख्ने र व्यायाम पछिको सेवनले कार्यक्षमता जुझारु गराउने बताएका छन् ।वेलायती अध्ययनको अनुसार दैनिक ३ वा ४ कप कालो कफिको प्रयोगले मुटु रोग, अबुर्द रोग, नसा सम्बन्धी रोग, पाचन सम्बन्धी रोग, कलेजो बिग्रने विरामीको लागी स्वास्थ्यकर हुने र लामो आयु दिने खुलासा गरेका छन् ।त्यसो ते ढाड दुख्ने रोग, अल्जाइमर, मेलेनोमा, पोस्ट्र सम्बन्धि रोगीहरुलाई पनि कफि स्वागत योग्य हुने बताइन्छ ।

कफिको सेवनले मानिसलाई आरामदायी निन्द्रा लाग्ने बताइन्छ भने अर्का तिर हाडजोर्नी दुख्ने मानिसको लागि यसको प्रयोग उत्तम हुने बताइन्छ ।

कफिमा पाइने क्याफेनको बहुगुणी भूमिका गर्भवती महिलाको स्वास्थ्यमा प्रयोग हुने बताइन्छ ।पार्किन्सन भएका विरामीको लागि क्याफेनको दिनहुँ प्रयोग अनुचित नहुने रहस्य खुलेको छ ।

कफिको प्रयोग घरमा मै आवश्यक मात्रामा दुध र चिनीको प्रयोग गरि आफ्नो तयार गर्न सकिने छ ।
(स्रोत ः सिएनएन हेल्थ)
 

ताजा खबर