श्रीमतीले लात्ती हान्दा....
२०७६ असार ३० सोमबार १३:०७:००
मा प्रकाशित
नियतिले लात्ती हान्दा
न घर हुन्छ न घाट हुन्छ,
श्रीमतीले लात्ती हान्दा
न भुइँ हुन्छ न खाट हुन्छ,
प्रकृतिले लात्ती हान्दा
न पहाड हुन्छ न फाँट हुन्छ,
तीनै चिज मिसिइ दिँदा
न जाँगर हुन्छ न आँट हुन्छ,
जाँगर र आँट मरे पछि
न दम्भ हुन्छ न ठाँट हुन्छ,
दम्भ, ठाँट सकिए पछि
जीवन आफैँमा पाठ हुन्छ,
यति पाठ नि नसिक्ने चाहिँ
कि चोर हुन्छ कि ढाँट हुन्छ ||
(पत्रकार युवराज आचार्यको रोचक कविता उनको फेसबूकबाट साभार)