फिल्म ‘फ्लप’ भएपछि यसो भन्छन् वरुण धवन

२०७६ असार ३ मंगलबार १३:३७:०० मा प्रकाशित

एजेन्सी । सन् २०१२ मा बलिउडमा प्रवेश गरेका नायक वरुण धवनको करियर लोभलाग्दो रहेको छ ।

७ वर्षको अवधिमा ११ वटा सफल फिल्ममा काम गरेका उनको करियरको १२ औं फिल्म भने फ्लप भएको छ । उनको पछिल्लो फिल्म ‘कलंक’ असफल भएको उनले स्वीकारेका छन् ।

फिल्म ‘स्टुडेन्ट अफ द एयर’ बाट नायकको रुपमा उदाएका वरुणले फिल्म ‘कलंक’ को लागि थुप्रै मेहनत गरेको बताइन्छ । चल्तीका अन्य कलाकारहरु लिएर बनाइएको यो फिल्मको असफलताले आफुलाई असर पारेको उनले बताएका छन् ।

अभिशेक वर्मनले निर्देशन गरेको यस फिल्मको सह निर्माता करन जोहर रहेपनि फिल्मले दर्शक र समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।

फिल्म असफल हुनुलाई आफुले शिक्षाको रुपमा लिएको बताउँदै उनले भने, ‘यसले मलाई असर पारेको छ । फिल्म दर्शकलाई मन परेन । सोहीकारण पनि यो फिल्म सफल हुन योग्य थिएन । दर्शकले फिल्मलाई मन पराएमा फिल्मले राम्रो गर्ने स्पष्ट छ, तर उनीहरुले ‘कलंक’ लाई मनपराएनन् । मेरोलागि यो एउटा सिक्ने अवसर रह्यो । म यसबाट अघि लागिसकें र म अब अर्को कदम शुरु गर्दैछु । ’

३२ वर्षिय नायक धवनको पछिल्ला दुई फिल्म ‘अक्टोबर’ र ‘सुइधागा’ ले बक्स अफिसमा औसत व्यापार गरेको थियो । उक्त फिल्मको बारेमा दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया पनि आएको थियो । चकलेटी हिरोको रुपमा उदाएका वरुणको एक्टिङको विषय पनि समिक्षकको आलोचनाको विषय रहेको बताइन्छ ।

उनी थप्छन्, ‘कहिलेकाहीं केहि कुराले नराम्रो भइदिन्छ र त्यसले सम्पूर्ण अवस्थालाई गलत बनाइदिन्छ । यस्तो मलाई पहिलोपटक भएको छ, म असफल भएँ र यसले मलाई असर पनि गरेको छ । ’

फिल्मको असफलताले आफुलाई असर परेपनी आफु अहिले सामान्य अवस्थामा फर्किसकेको उनले बताए । असफलताले असर गर्नु कारण फिल्म प्रतिको माया रहेको पनि उनले बताए ।

वरुणको दुई फिल्म ‘स्टी«ट डान्सर’ र ‘कुली नम्बर १’ आउने क्रममा रहेको छ । यि दुई फिल्मले राम्रो गर्ने आशा राखेको वरुणले बताएका छन् ।

ताजा खबर