किन विश्व भाषामा धुईरिन्छन् विदेशी युवा

२०७६ बैशाख २५ बुधबार ११:५४:०० मा प्रकाशित

 काठमाडौं । विश्व भाषा क्याम्पस त्रिभुवन विश्व विद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय भाषा सिकाइने एक मात्र शैक्षिक इकाई हो । विदेश जान चाहने, पर्यटन सेवामा आवद्व हुन चाहने, शिक्षण सेवामा संलग्न हुन चाहने र भाषा सिक्न चाहने जिज्ञासुहरु यहाँ धाउने गर्छन् । यहाँको सिकाई रोचक हुने हुनाले विश्व भाषा क्याम्पसमा स्वदेशी र विदेशी विद्यार्थीको भिडभाड देखिन्छ ।

विश्व भाषामा सेमेष्टर प्रणाली अन्तर्गत छैठौं तहसम्म पढाइ हुने त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीका नियम अनुसार भर्ना गरिने र त्यसै अनुसारको परीक्षा लिइने गरिएको छ । यस क्याम्पसमा असार र पुस महिनामा फारम खुल्ने गर्छ । क्याम्पसमा भर्ना शुल्क प्राय विषयको २ हजार ३ सय, अंग्रेजी लेखनको २ हजार ७ सय लाग्ने र पाँचौ र छैंटौ तहको लागि ३ हजार २ सय लाग्ने क्याम्पस प्रशासनले जनाएकोे छ । विदेशी विद्यार्थी हकमा भने प्रत्येक सेमेस्टरको ५सय अमेरिकी डलर तिर्नुपर्ने छ ।

ओमसी मगर विश्व भाषा क्याम्पसमा जापानिज भाषाकी विद्यार्थी हुन । उनले यो क्याम्पसमा पढ्न थालेको २ वर्ष भयो । उनी भन्छिन्,“मैले साधारण इन्ष्टिच्युट सुनेको जस्ता घोकन्ते तरिकाले यहाँँ जापनिज भाषा पढिन । यहाँ सरल तरिकाबाट पठन पाठन हुँदो रहेछ ।  फस्ट सेमिस्टरमा २ हजार र फार्मको १ सय बुझाएर पढ्न थालेकी हुँ ।” उनी बिहान शत्रकी विद्यार्थी हुन् । उनी जापान जान र भाषा प्रति अभिरुचि भएर पढ्न आएको बताउँछिन् ।

डा.झोकेन्द्र बहादुर थापा विश्व भाषा क्याम्पसका सहायक प्रमुख हुन् । बाग्लुङ्गका थापाले यहाँ काम गर्न थालेको १३ वर्ष भयो । थापाका अनुसार, भाषा पढाउनु उनको रुचिको विषय हो । विश्व भाषा को महत्व के छ भन्ने भनाईको पुष्टि गर्दै थापा भन्छन्,“समाजमा भाषाको ठूलो महत्व छ । नेपाल सरकारको भाषा पढाइने आधिकारीक क्याम्पस विश्व भाषा होे ।” उनको भनाईमा विश्व भाषा क्याम्पसमा आवश्यकता अनुसार युरोपेली भाषाहरु पनि पढाउने गरिने गरिन्छ । अंग्रेजी, जर्मन, स्पेनिस, इटाली, फ्रेन्च, रसियन भाषा यहाँको नियमित पढाइ हुने भाषा हुन् । यता आएर फिनिस र डेनिस भाषाकोसमेत माग निकै बढेको थापा बताउँछन् । तर दक्ष जनशक्तिको अभावमा यी दुई भाषाहरु पढाइ हुन सम्भव नभैरहेको उनको भनाई छ ।

 एसियाली भाषा जापानिज, कोरियन, चाइनिज, अरेवियन भाषा पनि यहाँ पढाउने गरिन्छ । विदेशी विद्यार्थीका लागि स्नातक तहको नेपाली भाषा, नेवारी भाषा, बुद्वकालीन पाली भाषा, संस्कृत भाषाको पढाइ पनि यहाँ हुन्छ । थापा सुनाउँछन्,“पहिले पहिले टिबेटीयन भाषा पनि पढाइ हुन्थ्यो तर लामो समय विद्यार्थी अभावले गर्दा अहिले पढाउन छोडिएको छ ।” 
       

नेपाली विद्यार्थीहरु माझ जापानिज, कोरियन र चाइनिज भाषा लोकप्रिय छन् । यी भाषामा धेरै विद्यार्थीको आकर्षण देखिन्छ । यहाँ भाषा पढ्न चाहने विद्यार्थीले कम्तिमा एस.एल.सी वा एसईई पास गरेको हुनुपर्छ ।  यहाँ हाल विद्यार्थीको अनुपात २ हजार भन्दा माथिको हारहारीमा रहेको     छ  । थापाका अनुसार, विश्व भाषामा सर्टिफिकेट लिनु भनेको  डिप्लोमा र ट्रेनिङ्ग कोर्ष सरह हो । उनले यहाँबाट भाषा सिक्नेहरु प्राय पर्यटन क्षेत्रमा लाग्ने गरेका, चाइनिज भाषा सिक्नेहरु चाइना जाँदा व्यापारमा लाग्ने  र विदेश जान चाहने विद्याार्थीहरु पनि भााषा सिक्न विश्व भाषा क्याम्पसमा पढन् आउने गरेको बताए । विभिन्न कम्पनिमा जागिर खान भाषाको पहुँच नहुँदा अप्ठ्यारो पर्ने उनको भनाई छ । स्नातक र स्नातकोत्तर गरिरहेको कुनै विद्यार्थी केही नयाँ भाषा सिक्न यहाँ आउने गरेको उनको भनाई छ । यहाँ पढ्ने महिला र पुरुष विद्यार्थी बराबर रहेको र २० वर्ष माथिका कलेज पढ्दै गरेका, गृहिणी, कुनै पेशामा कार्यरत व्यक्ति धेरैजसो विद्यालयका विद्यार्थी हुने उनी सुनाउँछन् ।


मिस्साय पनि नेपाली भाषा सिक्ने एकजना विदेशी विद्यार्थी हुन् । उनी अमेरिकाबाट आएकी विद्यार्थी हुन् । उनले नेपाली भाषाको एक सेमिस्टर कक्षा पढिन् । त्यसपछि पुन अमेरिका गइन् । उनी फर्केर फेरी पढ्दैछिन् । नेपाली विषयको ६ वटा सेमिस्टर हुने उनी बताउँछिन् । उनी भन्छिन्,“ विद्यार्थीले कुन विषय राम्ररी पढ्छ त्यो शिक्षकमा भर पर्दछ । कुनै शिक्षक विदेशी विद्याथीलाई पढाउन उत्साही हुने गर्छन् र उनीहरु राम्ररी अभिरुचीका साथ पढाउँछन् ।” 

साथिका कारण विश्व भाषा क्याम्पसमा नेपाली विषय पढाउने गरिँदो रहेछ भनि उनलाई थाहा भएको बताउँछन् । उनले प्रत्येक सेमिस्टरमा ५०० डलर तिर्ने गरेको बताइन् । उनको यो अन्तिम छैठौं सेमिस्टर हो । उनी आफू भाषा शिक्षक रहेको र   नेपाली काम लाग्ने ठानेर आफ्ना नेपाली साथीसँग नेपाली बोल्न सकिने भएको कारण   नेपाली भाषा पढ्को सुनाउँछिन् । उनी भन्छिन्– यहाँ भर्ना हुन केहि उपाय त अपनाउनु पर्छ तर गाह्रो भने छैन ।


भिमनाथ रेग्मी विश्व भाषा क्याम्पसका   प्रमुख हुन् । रेग्मी भन्छन्,“यो क्याम्पस २०२८ राजा महेन्द्रको पालामा स्थापना भएको हो, यसको शुरुवात नेपाली विद्यार्थीका लागि विदेशी भाषा पढाउने उदेश्यले भएको थियो । यहाँ शुरुवात ताका चाइनिज भाषा शिक्षण हुने गर्दथ्यो । यहाँ सेमेस्टर तहमा पढाइ हुने र विदेशी विद्यार्थीको संख्या लगभग वर्षमा ५सय हुने तथा नेपाली विद्यार्थीको संख्या ५हजार ७ सय हुने गरेको छ ।” रेग्मीका अनुसार,साधारण इन्स्टीच्युट अनुसार विद्यार्थी भर्ना गरिने र छोटो समयमा परीक्षा लिने तरिकाको शिक्षण प्रणाली क्याम्पसमा छैन । यहाँ पढ्ने विद्यार्थीको क्षमता चैं विद्यार्थी आफैंले कति मेहेनत गर्छन् भन्ने कुरामा भरपर्ने उनको तर्क छ । 

कुनैपनि विदेश यात्राको लागि भाषा सिकेको सर्टिफिकेट हुनुपर्ने र विश्वविद्यालयले विद्यार्थीलाई भाषा सिकाई त्रि.वि.को सर्टिफिकेट उपलब्ध गराउने उनको भनाई छ । विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म पढाइ हुने क्याम्पसमा  ६५ जना प्रध्यापक हुन्छन् । यहाँ विहान, दिउँसो,र बेलुकीको गरी तीन शत्रमा पढाइने गरिएको छ । भौतिक संरचनाको आधारमा विद्यार्थीको संख्या तोकिने यो क्याम्पसमा हाल २ वटा भवन छन् । यो विश्वविद्यालयको नीति अनुसार रहेको रेग्मी बताउँछन् । रेग्मी भन्छन्,“ भाषाले जीवनमा आपसी समझदारीमा सहज हुने तथा विदेश जान र पर्यटन व्यवसायमा महत्व राख्छ ।”
 

ताजा खबर