करीनाबारे यसो भनिन् कीयरा आडवाणीले

२०७६ बैशाख २२ आइतबार १३:४०:०० मा प्रकाशित

एजेन्सी । उदयीमान नायिका कीयरा आडवाणी अहिले बलिउड फिल्म ‘गुड न्यूज’ मा व्यस्त छिन् ।

उक्त फिल्ममा कीयराले बलिउड स्टार करीना कपूर, अक्षय कुमार दीलजित दोसान्झसँग काम गरिरहेकी छिन् ।

करीनासँग काम गर्न पाएकी कीयरा एकदम उत्साहित रहेको बताएकी छिन् । उनले अन्य को स्टार भन्दा पनि करीनासँग यस फिल्ममा काम गर्न पाएको विषयलाई आफुले उच्च महत्व दिएको भनेकी छिन् ।

करीनाको फ्यान भएकोले पनि उनले आफु बलिउडमा आउनुमा करीनालाई नै श्रेय दिन चाहेको बताइन् । कीयराले फिल्म ‘उडता पंजाब’ मा करीनालाई देखेयता नै बलिउडमा आउने सपना पालेको बताइन् ।

कीयराले आफु करीनाको अति ठुलो प्रशंसक रहेको कारणले पनि आफ्नो उत्साह बढेको बताएकी छिन् । सोही कारण उनले करीनाको हरेक फिल्म विशेष रुपमा चाख दिएर हेर्ने गरेको बताइन् ।

 

 

ताजा खबर