सलमान र शाहरुख एउटै फिल्ममा देखिंदै

२०७५ फाल्गुण ३० बिहीबार ११:१५:०० मा प्रकाशित


एजेन्सी । बलिउडका स्टारद्वय सलमान खान र शाहरुख खानको नाम मात्रैले पनि फिल्म चल्ने गरेको छ । बलिउडका चर्चित तीन खान मध्येका यी दुईले यसअघि थुप्रै सफल चलचित्रमा काम गरिसकेका छन् ।

एक्लाएक्लै नै हिट फिल्म दिन खप्पीस यी दुई एउटै फिल्ममा हुँदा त्यसले बलिउडमा अनेक किर्तिमान कायम गर्ने गरेको छ । सलमान र शाहरुखको जोडीलाई बलिउडमा अति नै मन पराइने गरेको छ ।

पछिल्लो समय यि दुबै नायक ‘जिरो’ फिल्ममा देखिएका थिए । शाहरुख खानको मुख्य भुमिका भएको त्यस फिल्ममा सलमान छोटो रोलमा देखिएका थिए ।

भारतीय मिडियाहरुले दाबी गरेअनुसार यि दुबै खानहरु संजय लीला भंशालीको प्रेम कहानीमा आधारित फिल्ममा देखिंदैछन् । यसबारे भंशालीले आधिकारीक घोषणा गरेका त छैनन् । तर खबरहरुका अनुसार भंशालीले एकैसाथ तीन प्रोजेक्टमा यस जोडीलाई लिनेछन् ।

प्रेम कहानीमा आधारित फिल्म पछि भंशालीले यस जोडीलाई लिएर ‘बैजू बावरा’ को रिमेक बनाउने तयारी गरिरहेका छन् ।

बलिउड हंगामाले उल्लेख गरेअनुसार भंशालीले रिमेकको लागि ‘बैजनाथ’, ‘बैजू और बैजू तानसेन’ शिर्षक दर्ता गराइसकेका छन् ।      

यस फिल्ममा सलमान र शाहरुख दुबैलाई लिएर फिल्म बनाएमा बलिउडमा सनसनी नै मच्चिने आँकलन गरिएको छ । ‘बैजु बावरा’ सन् १९५२ मा बनेको मीना कुमारी अभिनित सफल चलचित्र हो । तेश्रो प्रोजेक्टको बारेमा अहिले केहि खुलाइएको छैन ।

 

ताजा खबर