तनुश्री दत्ताले बनाईन् मिटू कथाको चलचित्र
हिन्दी चलचित्र अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरलाई एक्सपोज गरेर भारतमा मीटू अभियान चलाएकी थिइन् । तनुश्रीले आवाज उठाएपछि धेरै भारतीय महिलाले पनि आफ्नो कथा मीटूमा शेयर गरे ।
अब भने अभिनेत्री तनुश्रीले यही कथा बटुलेर सिरियलमा आफ्नो भूमिका निभाउने भएकी छिन् । यस सिरियलको नाम “इन्स्पीरेशन” हुने बताइएको छ । अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को दिन तय गरेर उक्त चलचित्र प्रदर्शन गरिनेछ ।
तनुश्रीले नै लेखिन संवाद
तनुश्री आफैं यो चलचित्रमा देखिनेछिन् । यस बाहेक चलचित्रको संवाद पनि उनैले लेखेकी छिन् । मनोरञ्जनको दुनियाँमा कसरी युवा अवस्थाका महिलालाई शोषण गरिन्छ भन्ने कुरा फिल्ममा अभिनयद्वारा प्रस्तुत गरिनेछ ।
९ वर्ष पछि क्यामरामा तनूश्रीको भूमिका
भागमभाग, आशिक बनाया आपने, अपार्टपेन्ट जस्ता चलचित्रमा मजबूत अभिनेत्रीको भूमिका गरेकी तनूश्रीले एक वेबसाइटको बार्तालापमा भनेकी छिन्,“चलचित्र मनोरञ्जन उद्योगमा वा अन्य कुनै उद्योगमा कसरी यूवाहरुलाई शोषण गरिन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । यो एउटा नयाँ तरिकाको रियालिटी र काल्पनिक कथाहरुको मिश्रण हो ।”
चलचित्रमा आफ्नो भूमिकाको बारेमा कुरा गर्दै उनले आफू अभिभावकको रुपमा प्रस्तुत हुने बताइन् । उक्त चलचित्रमा महिलालाई सही परामर्शको प्रेरणा दिने र मीटू मूभमेन्टको मुद्वालाई उठान गरिने भएको छ ।
नाना पाटेकर हुँदै मीटूमा साजिद खान, विकास बहल, राजकुमार हिरानी, आलोक नाथ, अनु मलिक,कैलाश खेर र सुभाष कपुर समस्यामा जेलिएका थिए ।