प्रियंका चोपडा झण्डै लडेको....

२०७५ फाल्गुण २ बिहीबार ११:३४:०० मा प्रकाशित


एजेन्सी । उमेरमा आफुभन्दा निकै कान्छो केटोसँग विवाह गरेर चर्चामा आएकी बलिउड नायिका प्रियंका चोपडा फेरि एकपटक चर्चामा आएकी छिन् ।

फिल्म वा उनको सम्बन्धको विषयमा भन्दा पनि अमेरिकामा आयोजित एक कार्यक्रममा भएको घटनाले उनी चर्चामा आएकि हुन् ।

प्रियंकाको फिल्म ‘इजन्ट इट रोमान्टिक’ को प्रिमियर शो को लागि अमेरिकाको लस एन्जलस शहरमा उनि झण्डै लडेकी थिइन् ।

वजनदार र ठुलो गाउन लगाएकी प्रियंका गाडीबाट निस्केर अघि बढ्ने क्रममा आफ्नै लुगामा अल्झेर लड्नै लाग्दा उनका श्रीमान् निक जोनसले उनलाई समातेपछि उनि लड्नबाट बचेकी थिइन् ।

फिल्ममा मुख्य भुमिकामा देखिएकी नायिका फोटोग्राफरहरुले घेरेको ठाउँमा लडेको भए उनि सोही कारण चर्चामा आइ लाजै मान्नु पर्ने हुनसक्थ्यो । यसको विपरित निकले उनलाई समातेर लड्नबाट जोगाएको घटनालाई कतिपयले रोमान्टिक भनेका छन् ।

 

ताजा खबर