जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड 

२०७५ माघ १८ शुक्रबार १२:५०:०० मा प्रकाशित

 

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।   

राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे । उक्त सहयोग २ बर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने छ । 

कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट निर्माणमा जोडिन पाउँदा खुशी लागेको बताए । 

जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दावी गरेको छ । कम्पनीका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डि टिएमटी छड परंपरागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताए । राजामनी भारतको चर्चित टाटा स्टिलमा काम काम गरिसकेका बरिष्ठ प्राविधिक हुन् । 'यस छडमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाइ शून्य दशमलव ०६ भन्दा कम गराइएको हुन्छ,' उनले भने, 'फे ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन् । यसलाइ उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ । डि श्रेणीका छडहरू भूकम्प प्रतिराधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन् ।' 

 

ताजा खबर