इमरान हाशमी अभिनित फिल्मको खल्लो शुरुवात
एजेन्सी । बलिउड नायक इमरान हाशमी अभिनित चलचित्र ‘ह्वाइ चीट इन्डिया’ ले खल्लो शुरुवात गरेको छ ।
शुक्रबार रिलिज भएको उक्त चलचित्रले पहिलो दिनमा १.७१ करोड भारुको मात्र कलेक्सन गरेको बताइएको छ । इमरानको फिल्मसँग जुधेर कुनै ठुलो बजेटको फिल्म रिलिज नभएपनि उनको चलचित्रले बक्स अफिसमा कमजोर शुरुवात गरेको छ ।
यस चलचित्रमा इमरान बाहेक श्रेया धनवन्तरी र अम्मर तालावालाको पनि प्रमुख भुमिका रहेको छ ।
बलिउडमा ‘किसर’ भनेर चिनिने उनले यो चलचित्रमा उक्त चरित्रभन्दा विल्कुलै फरक चरित्र निभाएका छन् । उनको प्रदर्शनप्रति दर्शको फरक प्रतिक्रिया रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यो फिल्मको नाम पहिलो चीट इन्डिया रहेकोमा भारतीय चलचित्र सेन्सर बोर्डले नाम परिवर्तन लगाएको थियो ।
बलिउडमा ‘किसर’ भनेर चिनिने उनले यो चलचित्रमा उक्त चरित्रभन्दा विल्कुलै फरक चरित्र निभाएका छन् । उनको प्रदर्शनप्रति दर्शको फरक प्रतिक्रिया रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।