आमिर खानको ‘गजनी–२’ आउने
२०७५ माघ १ मंगलबार १४:३९:००
मा प्रकाशित
काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खानलाई फेरी चर्चित फिल्मको सिक्वइलमा देख्न पाइने भएको छ । उनको चर्चित फिल्म ‘गजनी’को सिक्वइल आउने भएको छ ।
उनी ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि केही समय सुस्ताएका थिए । यसले लगानी पनि असुल गर्न सकेको थिएन् ।
त्यही पीडाबीच आमिरले ‘गजनी–२’को काम थालेका छन् । गजनीका निर्माताहरुले ‘गजनी–२’को नाम दर्ता गराइसकेका छन् । यो हिन्दी र तेलगु भाषामा आउने जनाएको छ ।
यसको काम शुरु भएसँगै आमिरले आफ्नो स्वास्थ्यमा पनि विशेष ध्यान दिइरहेका छन् । गजनी–२ को भूमिकाका लागि ‘बडी’ बनाइरहेका छन् ।
यसको छिट्टै सुटिङ शुरु हुने जनाएको छ ।