बलिउडमा ‘मी टू’ चलाएर अमेरिका पुगिन् तुनश्री दत्ता

२०७५ पौष २७ शुक्रबार १५:५२:०० मा प्रकाशित

काठमाडौं । बलिउडमा ‘मी टू’ अभियान चलाएर अभिनेत्री तनुश्री दत्ता अमेरिका पुगेकी छन् ।

अमेरिकामा बस्दै आएकी तनुश्री दत्ता ६ महिना अघि भारत आएकी थिइन् । भारत आउने वितिक्कै उनले यौन दुर्व्यवहारविरुद्धको अभियान शुरु गरिन् ।

दश वर्ष अघि एक फिल्म छायांकनका क्रममा अभिनेता नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी पनि दिइन् । जसमा मुम्बई प्रहरीले नाना पाटेकरविरुद्ध एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

उनले नाना पाटेकरविरुद्ध बोलेपछि भारतमा यौन दुर्व्यवहारविरुद्धको ‘मी टू’ अभियान शुरु भएको हो । त्यसयता बलिउडाका कयौं निर्देशक, निर्माता र अभिनेताले पद गुमाउनु परेको छ ।

त्यस्तै, भारतका चर्चित सम्पादक, पत्रकार, लेखकले पनि पद गुमाएका छन् । कयौंले यौन दुर्व्यवहार गरेको स्वीकार्दै पदबाट राजीनामा दिएका छन भने कयौंले माफी मागेका छन् ।

बलिउडमा ‘मी टू’ अभियान चलाएर तुनश्री दत्ता भने अमेरिका फर्किएकी हुन् । उनले इन्स्टाग्राममा अमेरिकामा परिवारसँगै रहेको फोटो राखेकी छन् ।

नाना पाटेकरविरुद्धको मुद्दामा प्रहरीले बोलाउँदा सहयोग गर्न जुनसुकै बेला पनि भारत फर्किने उनले बताएकी छन् ।

ताजा खबर