बलिउड नायिका जरीन खान नेपालमा
२०७५ पौष २५ बुधबार १२:१५:००
मा प्रकाशित
काठमाडौं, २५ पुस । बलिउड नायिका जरीन खान अहिले नेपालमा छिन् ।
काठमाडौंमा आयोजना हुने कार्यक्रमको लागि आएकी जरीन बुधबार बुद्ध एयरको फ्लाइटबाट भैरहवाबाट काठमाडौं आएकी छिन् ।
जरीनले बलिउडमा रेडी, हाउसफुल २, हेट स्टोरी ३ विरप्पन जस्तो सफल चलचित्रमा काम गरिसकेकी छिन् ।
अर्की बलिउड नायिका केट्रीना कैफ जस्तै अनुहार भएकोले पनि जरीनलाई मन पराउने समर्थक संख्या ठुलो रहेको छ ।