साराको फिल्म ५० करोड नजिक
२०७५ पौष १ आइतबार १४:३७:००
मा प्रकाशित
काठमाडौं । रिलिज भएको दोस्रो सातामा पनि सारा अली खान अभिनित फिल्म ‘केदारनाथ’ले बक्स अफिसमा तहल्का पिटेको छ ।
रजनीकान्तको ‘२.०’सँगै साराको केदारनाथ फिल्महरुमा जबजस्र्त देखिएको छ । पहिलो सातामै लगानी उठाएको यो फिल्म दोस्रो सातादेखि नाफामा दगुरिरहेको छ ।
केदारनाथले दुई सातामा भारतमा मात्रै ५० करोडको नजिक पुगेको छ । जबकी यो फिल्म ३५ करोडमा बनेको थियो । बक्स अफिसका अनुसार, यसको आम्दानी घटेको छै ।
यो सारा अली खानको पहिलो फिल्म हो । यसमा सारासँगै सुशान्तसिंह राजपूतको अभियन रहेको छ ।
केदारनाथ हलमा चलिरहेकै बेला साराले अर्को फिल्म ‘सिम्बा’को प्रशोसन शुरु गरेकी छन् । यो फिल्म २८ डिसेम्बरमा रिलिज हुने छ । यसमा सारासँगै रणवीर सिंहको अभियन रहेको छ ।