क्याट्रिनाको डान्सले गीतको टिजरनै हिट
२०७५ मङ्सिर २५ मंगलबार १२:१८:००
मा प्रकाशित
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’को एउटा गीतको टिजर नै हिट भएको छ ।
त्यो शाहरुखका कारण भने होइन । अभिनेत्री क्यट्रिना कैफको नृत्यले ‘हुस्न परचम’ गीतको टिजर हिट भएको हो ।
जिरो फिल्मको ‘हुस्न परचम’को टिजर सावर्जनिक भएसँगै क्याट्रिना फेरी चर्चामा आएकी हुन् । उनको नृत्यको धेरै प्रशंसा गरेका छन् ।
शाहरुख खानले टिजर ट्वीट गर्दैै लेखेका छन्, ‘देशभरी चक्काजाम हुने छ, जब बबिता कुमारीको हुस्न परचम सार्वजनिक हुने छ ।’ यो गीत भोली सार्वजनिक गरिने भएको छ ।
जिरो फिल्ममा शाहरुख खानसँग क्याट्रिना र अनुष्का शर्मालाई देख्न सकिने छ । यो फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।
यस्तो छ ‘हुस्न परचम’ गीतको टिजरः