अभिनेत्री देवोलिना भट्टाचार्जी पक्राउ
२०७५ मङ्सिर २३ आइतबार १२:१८:००
मा प्रकाशित
काठमाडौं । बलिउड अभिनेत्री एवं नृत्याङ्गाना देवोलिना भट्टाचार्जी पक्राउ परेकी छन् ।
उनलाई भारतको गुहाटीबाट पक्राउ गरिएको हो । आसाम प्रहरीले हत्या आरोपमा पक्राउ गरिएको जनाएको छ ।
टेलिभजन कार्यक्रम ‘साथ निभाया साथिया’बाट चर्चित बनेकी देवोलिना भारतमनाट्यमकी उत्कृष्ट नृत्याङ्गाना पनि हुन् ।
उनलाई हिराका व्यापारी राजेश्वर किशोरीलालको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । उनलाई आसामको पेड नगर प्रहरीको हिरासतमा राखिएको जनाएको छ ।
हिराका व्यापारी राजेश्वर डेढ महीनादेखि वेपत्ता थिए । गत महिना उनको शव भेटिएको थियो ।
२८ वर्षीया देवोलिना चर्चित अभिनेत्रीमध्ये पर्छिन् । उनले बिगबासमा सहभागि हुन आग्रह गरिएको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् ।