‘शो अफ’ गरेका हार्दीक पाण्ड्या ट्रोलको शिकार भएपछि..

२०७५ मङ्सिर २० बिहीबार १३:००:०० मा प्रकाशित


काठमाडौं । अष्ट्रेलीया विरुद्धको टेष्ट टोलीमा स्थान बनाउन चुकेका भारतीय क्रिकेटर हार्दीक पाण्ड्या अहिले ‘शो अफ’ गर्ने धुनमा ट्रोलको शिकार भएका छन् ।

फिटनेशमा ध्यान केन्द्रित गरेका पाण्ड्याले नियमित रुपमा प्रशिक्षणमा सहभागी भइरहेका छन् भने जिममा पनि उत्तिकै समय व्यतित गरिरहेका छन् । यस्तोमा जिमखानाको जोश देखाउँदै ‘फ्यानको लागि’ शेयर गरेको फोटोले उनको अपेक्षा विपरित नतिजा ल्याएको छ ।

ट्वीटरमा आफ्नो ट्याटु र सिक्स प्याक देखाएका उनलाई फ्यानहरुले चिया ल्याउने केटो र गाडी सफागर्ने केटो भन्दै उडाएका छन् । केहिले उनलाई फेसन होइन खेलमा ध्यान दिन सुझाएका छन् भने केहिले उनलाई क्रिकेट छोडेर टोले गुन्डा बन्न आग्रह गरेका छन् ।

पछिल्लो समय खेलमा राम्रो प्रदर्शन गरेर चम्केका पाण्ड्यालाई बिना कारण ‘शो अफ’ गरेकोमा फ्यानले राम्रै पाठ पढाएको पनि भनिएको छ । (एजेन्सीको सहयोगमा)
 

 

ताजा खबर