ऋतिकको फिल्म 'मीटू' अभियानले संकटमा

२०७५ कार्तिक १३ मंगलबार १२:२९:०० मा प्रकाशित

मुम्बई । भारतमा चलिरहेको ‘मीटू’ अभियानले ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ संकटनमा परेको छ ।

यो फिल्मका निर्देशक विकास बहललाई पनि यौन दुर्व्यवहारको आरोप लागेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि दिर्नेशक बहनलाई फिल्मबाट हटाइएको छ ।

निर्देशक हटेपछि फिल्म संकटमा परेको हो । अझै पनि फिल्मको केही काम बाँकी रहेको जनाएको छ । यो फिल्म २५ जनवरीमा रिलिज हुने तय भएको छ ।

फिल्मको अन्तिम चरणका काम गर्न नसकिएको जनाएको छ । फिल्मको पोस्ट प्रोडक्सन, सम्पादन, बिएफएक्स् आदि काम गर्न सकिएको छैन् । यि काम गरेको अनुगमन र दिर्नेशन गर्न अनुभवि निर्देशकको खोजि भइरहेको जनाएको छ ।

अहिलेसम्म कसलाई काममा लगाउने तय भएको छैन् । जसले गर्दा तोकिएको समयमै फिल्म रिलिज हुने मुस्किल भएको छ ।

यो फिल्ममा पटनाका गणित शिक्षक आनन्द कुमारको जीवनीमा आधारित छ । उनी आईटीको प्रवेश परीक्षाका लागि गरिब विद्यार्थीलाई निःशुल्क कोचिङ क्लास दिने गरेका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि निकालिएका बहल फिल्म प्रमोसनमा पनि सहभागि हुने छैनन् ।

ताजा खबर