सलमानले गर्ने भए ‘द कपिल शर्मा शो’मा लगानी

२०७५ कार्तिक ११ आइतबार १४:३१:०० मा प्रकाशित

मुम्बई । फ्रेम्स प्रोडक्सनले हात जिकेपछि संकटमा परेका कपिल शर्मालाई सलमान खानले साथ दिने भएका छन् । सलमाननले ‘द कपिल शर्मा शो’ निर्माणमा लगानी गर्ने भएका छन् ।

यस अघि दुईटा कम्पनीले निर्माण गर्दै आएका थिए । कपिल शर्मा प्रोडक्सन के ८ र फ्रेम्स प्रोडक्सन रहेका थिए ।

फ्रेम्सले हात झिकेपछि कपिललाई समस्या परेको थियो । निर्मातासँग कपिलको झगडा परेपछि अलग भएको जनाएको छ ।

एक्लै निर्माण गर्न पनि कपिलसँग त्यतिधेरै पैसा छैन् । जसले गर्दा उनले कयौं व्यक्तिसँग लगानीका लागि कुराकानी गरेका थिए । अन्ततः सलमान खान लगानी गर्न तयार भएका हुन ।

जनवरीदेखि शो शुरु हुने जनाएको छ । यसमा पुरानै कलाकार सहभागि हुने छन् । र पुरानै फर्मेट अनुसार हरेक हप्ता कार्यक्रम प्रशारण गरिने जनाएको छ ।

ताजा खबर