‘शोले’ का यी कलाकार जो मरेर पनि जिउँदै छन्
कुनै जमानाको सुपरहिट फिल्म ‘शोले’ अहिले हेर्दा पनि त्यति नै मजा आउँछ । १५ अगस्त १९७५ मा प्रदर्शन भएको फिल्म शोलेको स्टारकास्ट लुक फेरिएको छ । यस फिल्ममा काम गर्ने कति कलाकार त अहिले यो धर्तीबाट बिदा भइसके । फिल्मका केही यस्ता कलाकारहरु छन् जो मरेर पनि दर्शकमाझ जिवीतै छन् ।
अमजद खान (गब्बर सिंह)
जब जब कुनै गाउँमा बच्चा सुत्दैन्थ्यो तब उसको आमाले बच्चालाई सुत नत्र गब्बर सिंह आउँछ भन्ने उनको संवाद अहिले पनि बोलिन्छ । उही गब्बर सिंह आज हामी माझ छैनन तर उनले गरेको अभिनय भने हामी कहिले बिर्सन सक्दैनौ । अमजद खान २७ जुलाई १९९२ मा बितेका हुन । जब उनले शोले मा गब्बर सिंहको भुमिका गरे त्यसपछि त उनी यती हिट भएकी उनलाई नचिन्ने र उनको फिल्म नहेर्ने कोही भएनन् । बन्दुकको पेटी जीउमा झुण्डाएर तम्वाकु खाने उनको अनौठो अन्दाज र एकदमै डरलाग्दो किसिमले हास्ने, सवाल जवाफ गर्ने गब्बरको अदा सबैले मन पराउंथे ।
संजीव कुमार (ठाकुर)
फिल्म ‘शोले’ मा कलाकार संजीव कुमारले ठाकुर बलदेव सिंहको भुमिका गरेका छन् । उनले गरेको ठाकुरको भुमिकालाई आज पनि कसैले बिर्सन सक्दैनन् । ६ नोभेम्वर १९८५ मा ४७ वर्षको उमेरको हुदाँ उनको मृत्यु भएको थियो ।
ए. के. हंगल (रहीम चाचा)
बलिउड मा सबैले चिन्ने कलाकार हुन ए.के. हंगल । हंगल ले फिल्म ‘शोले’ मा रहिम चाचाको भुमिका गरेका छन् । सानो भुमिका भए पनि एकदमै राम्रो भुमिका उनले गरेका थिए । यो भुमिका गरेपछि उनलाई फिल्ममा अफरहरु एकदमै आउन थालेका थिए । २६ अगस्त २०१२ मा उनको मृत्यु भएको थियो ।
मैकमोहन (सांभा)
कलाकार मैकमोहनले धेरै फिल्महरुमा अभिनय गरेका छन् तर जुन लोकप्रियता उनले शोले बाट कमाए त्यो अरु फिल्म बाट कमै कमाए होलान । अहिले पनि दर्शकहरु उनलाई फिल्म शोले कै भुमिका बाट सम्झने गर्छन । फिल्ममा उनले गब्बर सिंहको साथी ‘सांभा’ को भुमिका गरेका थिए । सानो भुमिका भएपनि सबैले सम्झने खाले भुमिका थियो । उनले बोलेको ‘पुरे पचास हजार’ भन्न्े एउटा संवाद अहिले पनि दर्शकको दिमागमा नै छ । १० मई २०१० मा ४७ वर्षको उमेर हुदाँ उनको मृत्यु भएको थियो ।
सत्येन कपुर (रामलाल)
‘शोले’ मा ठाकुर बलदेव सिंहको हेरचाह गर्ने रामलालको भुमिकामा थिए सत्यन कपुर । उनले एउटा मालिकको कसरी हेरचाह गर्नु पर्छ भन्ने फिल्ममा रहेको भुमिका एकदमै जोरदार ढंगले गरेका थिए । २७ अक्टुवर २००७ मा उनको मृत्यु भएको थियो ।
लीला मिश्रा (मौसी)
अभिनेत्री लीला मिश्रा दर्शक माझ नभएपनि उनले फिल्म ‘शोले’ मा गरेको अभिनय अहिले हाम्रो मन मस्तिकमा ताजै छ । फिल्ममा मौसीले बोलेको संवादलाई एकदमै रुचाइएको थियो । धेरै फिल्महरुमा उनले आमा, दादि आन्टि जस्ता धेरै भुमिकाहरु गरिसकेकी छिन् । १७ जनवरी १९८८ मा उनको मृत्यु भएको थियो ।
साभार: दैनिक भास्कर