डेढ वर्षअघि सगरमाथामा हराएका दुई आरोहीको शव फेला
२०७४ जेठ १५ सोमबार ०६:५९:००
मा प्रकाशित
सोलुखुम्बु, १५ जेठ । सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।
सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् ।
उनीहरुको शव आईतबार हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।
यसैबीच सगरमाथा आधार शिविरमा एक नेपालीको ज्यान गएको छ । गुदेल–५ घर भएका गोठकुवीर राईको शनिबार सगरमाथा आधार शिविरमा ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए । रासस