एउटा अभिनयको पारिश्रमिक १२ करोड
२०७५ असार ५ मंगलबार ११:०४:००
मा प्रकाशित

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने दोस्री नायिका बनेकी छन् । प्रियंकाले हिन्दी चलचित्र भारतका लागि १२ करोड पारिश्रमिक लिएकी छन् ।
लामो समय हलिउडमा काम गरेकी प्रियंका सलमान खानको भारतमार्फत कमब्याक गर्दै छिन् । भारतीय समाचार संस्थाले जनाएअनुसार प्रियंकाले सुरुमा १४ करोड पारिश्रमिक मागेकी थिइन् । पछि १२ करोडमा सहमति भएको थियो ।
यसअघि दीपिका पादुकोणले चलचित्र पद्यावतका लागि १२ करोड पारिश्रमिक लिएकी थिइन् ।
उक्त पारिश्रमिक रणवीर सिंह र शाहिद कपुरको भन्दा धेरै थियो । ट्रेड एनालिस्ट कोमल नाहटाका अनुसार कंगना रनावत, आलिया भट्ट र दीपिका पादुकोण ‘क’ वर्गका कलाकार हुन् । उनीहरू एउटा चलचित्रमा काम गरेबापत ७ देखि १२ करोड पारिश्रमिक लिन्छन् ।