श्री एयरलायन्सको चौथो जहाज आइपुग्यो, थप आन्तरिक उडानको तयारी

२०७५ असार ५ मंगलबार १०:५८:०० मा प्रकाशित

 

काठमाडौं, ५ असार । सेवा दिन थालेको छोटो समयमा यात्रुहरुको विश्वास जित्न सफल श्री एयरलायन्सको चौथो जहाज सोमबार काठमाडौं आइपुगेको छ ।

७० सिट क्षमता भएको बम्बार्डियर सिरिजको क्यानडा एयर रिजनल जेट (सिआजे७००) नामक जहाज त्रिभुवन विमानस्थलको पार्किङमा आइसकेको छ । यो जहाज १२ वर्ष पुरानो हो ।

श्री एयरलायन्सले बाह्य उडानको लागि अनुमति लिन प्रयास गरेपनि त्यसको लागि आवश्यक ‘ग’ वर्गको लाइसन्स हालसम्म पाउन सकेको छैन ।

अब केहि दिनमै राजविराजमा उडान भर्न लागेको श्री एयरलायन्सले हाल विराटनगर, भद्रपुर, भैरहवा, धनगढि र नेपालगन्जमा हाल उडा भरिरहेको छ । आन्तरिक उडानमा श्री को उपस्थीतीसँगै अन्य एयरलायन्सहरु दबाबमा परेका छन् ।

नयाँ जहाजको उपयोग गरि थप आन्तरिक उडान भर्ने तयारी भइरहेको श्री एयरलायन्सले जानकारी दिएको छ ।

 

 

ताजा खबर