चौधरी ग्रुपले चलचित्र पनि छोडेन,यस्तो छ भित्री कथा

२०७५ असार ४ सोमबार १२:५३:०० मा प्रकाशित

काठमाडौं । अर्बपति बिनोद चौधरी पुत्र निर्वाण चौधरी परम्परागत व्यापार व्यवसायसँगै चलचित्र उद्योगमा पनि हात हाल्न कस्सिएका छन्। उनले पैत्रिक ब्राण्ड चौधरी ग्रुपलाई चलचित्र उद्योगमा प्रवेश गराएका छन् । यो ग्रुपको सीजी इन्टरटेनमेन्ट प्रा. लि.ले नेपाली फिल्म निर्माणसँगसँगै विदेशी फिल्मको नेपालमा वितरणको काम पनि सुरु गरेको छ।

सीजी इन्टरटेनमेण्टले अहिले उक्त अनटाइटल प्रोजेक्टका लागि निर्देशक र कलाकार छनौटको काम थालिसकेको बताईएको छ । यसअघि यो कम्पनीबाट ‘भिसा गर्ल’ शीर्षकको फिल्म निर्माण भैसकेको छ ।

फिल्म निर्माणसँगै चौधरी ग्रुपले चाँडै नै बलिउड फिल्मको नेपाल प्रदर्शन अधिकार खरिद गर्न सुरु गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा यो कम्पनीले बलिउडका दुई ठूला फिल्म नेपाल भित्र्याइसकेको छ ।

बलिउड एक्ट्रेस सोनम कपूर, शिखा तल्सानिया, स्वरा भास्कर र करीना कपूरको फिल्म ‘वीरे दी वेडिङ’ र बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार सीजी र गोपीकृष्णले संयूक्त रुपमा खरिद गरेका हुन् ।

  बलिउड फिल्मको नेपाल प्रदर्शन अधिकार गापीकृष्ण मुभिजले पाउने गरेको थियो। अब यो कम्पनीसँग सीजीले सहकार्य गरेको छ । यी दुई ठूला कम्पनीको हातमा बहुप्रतिक्षीत बलिउड फिल्म ‘सञ्जू’ पनि छ ।

  निर्वाण चौधरी र गोपिकृष्ण मुभिजका अध्यक्ष निरक पौडेल मिल्ने साथी मानिन्छन् । यी दुई भाई सहपाठी पनि हुन्।

निर्वाण र निरक अब बलिउडका ठूला साना फिल्म आफ्नो कब्जामा पार्ने रणनीतिमा छन् । प्राप्त जानकारी अनुसार, गोपीकृष्ण मुभिज र चौधरी ग्रुपको संयूक्त लगानीमा देशभर मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने नेपाली फिल्म निर्माणमा समेत सहकार्य हुँदैछ ।
 

ताजा खबर