आयो ‘सायद २’ को पहिलो प्रेम

२०७४ जेठ ३१ बुधबार १४:४१:०० मा प्रकाशित

काठमाडौं, ३१ जेठ । ‘सायद २ ’ को पहिलो प्रेम गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर, शब्द तथा सङ्गीत रहेको छ ।
यस गीतमा मनाङको रमणीय दृश्यहरु देख्न पाइन्छ । कलाकार सुशील श्रेष्ठ र नायिका स्यारोन श्रेष्ठ गीतमा देखिएका छन् भने गीतको कोरियोग्राफि विक्रम स्वाँर गरेका हुन् ।
निर्माता सुनिल रावलको सायद २ असार ३० मा अल नेपाल प्रर्दशनमा आउन लागेको । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशील र स्यारोनसँगै अमृत ढुंगाना, सुशिल सिटौला लगायत कलाकारको अभिनय छ ।

ताजा खबर