आयो ‘हाइकिङ काठमाडौं’  

२०७५ असार ४ सोमबार १२:०५:०० मा प्रकाशित

काठमाडौं । प्रकतिप्रेमी समूहकी हाइकिङविज्ञ रामदेवी महर्जनले आफ्नो जन्म दिन पारेर गाइड बुक ‘हाइकिङ काठमाडौं’ सार्बजनिक गरेकी छिन् । 
पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँहरुको सचित्र विवरण समेटिएको छ । पुरै ३२० पेज नै रंगीन कलेवरमा प्रकाशित पुस्तकको मूल्य ७०० रुपैयाँ छ । हरेक हाइकिङ रुटको जानकारी, नक्शा, तस्बिर र हाइकर्सहरुको तस्बिर समेटिएको छ ।

हिमालयन म्याप हाउसले प्रकाशन गरेको पुस्तक शनिबार राजधानीमा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्य र पुस्तक लेखक रामदेवी महर्जनले पुस्तक विमोचन गरेका हुन् ।

हाइकिङ काठमाडौं पुस्तकमा हाइकिङ गन्तव्यको चिनारीका साथै हाइकिङ गर्ने तरिका, विश्व सम्पदा क्षेत्र र स्वास्थ्यका विभिन्न शीर्षक समेटिएको छ । यो पुस्तक हाइकिङका साथै साइक्लिङ, बाइकिङ, ड्राइभिङ गर्नेहरुका लागि समेत उपयोगी छ ।  

 
‘हाइकिङ काठमाडौं पुस्तक पर्यटन इतिहासमा एउटा ठूलो उपलब्ध हो’, पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि बोर्डका सिइओ जोशीले भने, ‘यो किताब आफन्त र इष्टमित्रलाई उपहार दिन समेत उपयोगी छ ।’ 

पुस्तक लेखक रामदेवी प्रकृतिप्रेमी समूहकी सदस्य हुन् । समूहले ०६३ सालदेखि हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ । उसले वर्षमा दुई पटक लामो दुरीको पदयात्रा पनि गराउँछ ।  

हाइकिङ काठमाडौं पुस्तककी लेखक महर्जनले स्वस्थ पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पुस्तक लेखेको बताइन् । कार्यक्रममा समूहका संस्थापक डा. उमेश श्रेष्ठ, अध्यक्ष रमेश चित्रकार, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र पत्रकार अमृत भादगाउँलेले ‘हाइकिङ काठमाडौं’ पुस्तक पर्यटन इतिहासमा कोशेढृुँगा भएको टिप्पणी गरे । 

प्रकाशक म्याप हाउसले हाइकिङ काठमाडौंको अंग्रेजी संस्करण प्रकाशन गर्ने घोषणा गरेको छ ।  
 

ताजा खबर