वर्षातका कारण पठनपाठनमा समस्या

२०७४ असार ३० शुक्रबार ०६:५६:०० मा प्रकाशित

 दुनै (डोल्पा), ३० असार । यहाँको एक विद्यालयमा अविरल रुपमा परेको वर्षातले खेलमैदान लगायतका संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ । 

एक सातादेखि अविरल रुपमा परिरहेको बर्सातले तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यमिक विद्यालय अगाडिकोे सिँढी, पर्खाल तथा खेलमैदान भत्काएपछि पठनपाठनमा समस्या उत्पन्न भएको प्रधानाध्यापक लङ्कमान रोकायले जानकारी दिए । 

विद्यालयको बाहिरी संरचनामा क्षति पु¥याएकाले कक्षाकोठासम्म आवत जावत गर्न समस्या भएको र विषयगत खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्नसमेत समस्या भएको प्रधानाध्यापक रोकायले जानकारी दिए । वर्षात जारी रहेकाले फेरि पनि कक्षाकोठा नै भत्किने हो कि भन्ने डरले त्रासपूर्ण वातावरणमा पठनपाठन सञ्चालन गर्दै आएको उनको भनाइ छ । 

सो विद्यालयमा प्रावि र निमावि तहमा गरेर तीन सय ६ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । रासस 

ताजा खबर