अनमोल अब बलिउडमा

२०७५ जेठ ३१ बिहीबार १४:१०:०० मा प्रकाशित

काठमाडौं । समकालिन नेपाली फिल्ममा चलेका कलाकार अनमोल केसी निकट भविष्यमा बलिउडसँग जोडिने भएका छन्। अनमोलले नेपाली र भारतीय नायिकासँग अभिनय गर्ने भनिएको संभावित फिल्मको नाम सार्बजनिक गरिएको छैन। नायक पिता भुवन केसीको पहलमा अनमोल बलिउड फिल्म नगरीमा उत्रिन लागेका बताईएको छ। भुवनले बलिउड अभिनेता ज्याकी श्रापसँगको व्यक्तिगत सम्बन्धका आधारमा पुत्र अनमोललाई त्यो अवसर जुटाएका थाहा भएको छ।


भारतीय म्युजिक कम्पनी वल्र्ड वाइड रेकड्र्सले निर्माण संभावित फिल्ममा अभिनय गर्नेगरी अनमोल अनुबतिन्ध भएका छन्। वल्र्ड वाइड रेकड्र्सका प्रमुख रत्नाकार कुमारले अनमोल र भुवन केसीसँग केही दिनअघि सम्झौता गरेका छन् । अनमोलले ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’ भन्दा अगाडि नै यो चलचित्र साइन गरेको बताईएको छ।

बलिउड चलचित्र भए पनि निर्देशन भने नायक केसीले गर्नेछन् । भुवन केसीका अनुसार, यो बलिउड चलचित्र हुनेछ, उनले यसलाई नेपाली र हिन्दी भाषामा डब गर्नेछन् । चलचित्रको छायांकनको समयमा पनि कलाकारले दुवै भाषामा संवाद गर्ने छन् ।

अनमोलले यो चलचित्रमा अभिनय गर्दा उल्लेख्य पारिश्रमिक पाउने छन्।  

प्रेमकथामा निर्माण हुने यो चलचित्रका लागि प्राविधिक र छायांकन सामग्री भारतबाटै ल्याइन बताईएको छ। यस चलचित्रलाई विश्वका ७४ वटा देशमा एकसाथ रिलिज गरिने निर्माताले जनाएका छन् । अनमोलले यस विषयमा आफ्ना फ्यानलाई फेसबुकमार्फत जानकारी दिइसकेका छन् । उनले फेसबुकमा ‘टिकेट टू बलिउड’ भन्दै उक्त समाचारको स्क्रिनसट शेयर गरेका छन् ।
 

ताजा खबर