‘सपना हजार’ गीति एल्बम विमोचन

२०७५ जेठ २६ शनिबार २०:४२:०० मा प्रकाशित


 

काठमाडौँ, २६ जेठ । गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक, गजल र राष्ट्रिय गरी तीनवटा गीत रहेका छन् । 
राप्ति साहित्य परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी विवसले एल्बमको विमोचन गरेका हुन्। 

विमोचन गर्दै उनले एल्बममा भएका गीतले राष्ट्रभावलाई समेटिएको बताए। उनले गीत–संगीतले नै संस्कृतिको जगेर्ना गर्दै मानिसलाई आनन्द दिलाउने धारणा राखे। 

संगीत र साहित्य एक अर्काका परिपूरक रहेकाले दुवै जोगाउन आवश्यक रहेको उनको भनाइ छ । 

कार्यक्रममा वरिष्ठ गीतकार डा कृष्णहरि बरालले एल्बममा समेटिएका गीतको भाव स्रोतालाई ऊर्जा दिनेखालको रहेको बताए। उनले गीतमा एउटा रसमात्र नभएर धेरै रस समेटिएको बताए। 

ती गीतहरुमा निशा देशार, शिव परियार, विष्णु नेपाली, इन्द्र बानियाँलगायतले स्वर दिएका छन् भने गीतमा नानी थापा, दीपसर्शनजंग थापा, कमल कोइरालालगायतको मोडलिङ रहेको छ । 
गीतकार डा शर्माले मानिसले आफ्नो भविष्यका लागि देख्ने सपनालाई गीतका रुपमा प्रस्तुत गरिएको बताए।रासस 
 

ताजा खबर