जहाज ग्राउन्डेड भएकोले नेपाल एयरलायन्सको अन्तर्राष्ट्रिय उडान प्रभावित

२०७५ जेठ २५ शुक्रबार १६:५८:०० मा प्रकाशित

काठमाडौं, २५ जेठ । बुधबार देखि नेपाल एयरलायन्सको जहाज प्राविधीक समस्या देखिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राउन्डेड भएपछि नेपाल एयरलायन्सको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

नेपाल एयरलायन्सले हाल दिल्ली, मुम्बई, बेंगलोर, दुबई, दोहा, हङकङ, क्वाला लुम्पुर र बैंककको लागि अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

नेपाल एयरलायन्सले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भएको २ मध्ये एउटा जहाज ग्राउन्डेड भएकोले केहि दिन अन्तर्राष्ट्रिय उडान प्रभावित पर्ने भएकोले यात्रुहरुलाई पर्न जाने असुविधा प्रति क्षमा मागेको छ ।

नेपाल एयरलायन्सको नयाँ वाइडवडी जहाज अगस्ट १ मा आउने तालिका रहेको छ । उक्त जहाजको आगमनसँगै नेपाल एयरलायन्सले नयाँ गन्तव्यमा पनि उडान भर्ने कार्यक्रम रहेको छ ।

 

 

ताजा खबर