चीनको प्रविधिले भारतमा बनाइएकोे विद्युतीय बसको पहिलो ‘लट’ नेपालमा ल्याइने

२०७५ जेठ २५ शुक्रबार १०:५३:०० मा प्रकाशित

काठमाडौं, २५ जेठ । भारत र चीनको सहकार्यमा निमार्ण भएको इलेक्ट्रीक बस सार्वजनिक भएको छ ।

हाइदराबाद स्थीत भारतीय बस निर्माणकर्ता कम्पनी गोल्डस्टोन इन्फ्राटेक र चीनको सवारी निर्माणकर्ता कम्पनी बिवाईडी अटो कम्पनीले निमार्ण गरेको ई–बज के६ नामक इलेक्ट्रीक बसको पहिलो लट नेपालमा पठाउने भएको छ ।

धुँवा उत्सर्जन नगर्ने उक्त विद्युतीय बस ५ वटा नेपाल पठाउने तयारी रहेको भारतीय कम्पनीले जनाएको छ ।

१८ सिट क्षमताको उक्त बस एक पटक चार्ज गरेपछि २०० किलोमिटर सम्म चलाउन सकिने जानकारी पनि दिइएको छ । उक्त बस लुम्बीनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने कार्यको लागि पठाउने तयारी भएको पनि बताइएको छ ।

यस प्रकारको विद्युतीय बस विशेष गरी सार्क क्षेत्रका देशहरुमा निर्यात गर्ने लक्ष्य रहेको र नेपालमा पहिलो लट पठाउनु सोही कार्यको सुरुवाता रहेको कुरा बिवाईडी इन्डीया का कार्यकारी निर्देशन झाङ जीले बताएका छन् । उनका अनुसार यस विद्युतीय बस वातावरण अनुकुल मात्र नभएर कार्बन उत्सर्जनलाई पनि घटाउन सहयोग गर्नेछ ।

 

ताजा खबर