दिल्लीमा ग्राउन्डेड भयो नेपाल एयरलायन्सको जहाज

२०७५ जेठ २४ बिहीबार १७:४०:०० मा प्रकाशित

सरल संवाददाता

काठमाडौं, २४ जेठ । नेपाल एयरलायन्सको जहाज बुधबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टबाट फर्किने क्रममा प्राविधीक गडबडी देखिएपछि ग्राउन्डेड भएको छ । 

९एन–एकेडब्लु कल साइन भएको उक्त जहाजको बायाँपट्टीको वायुरोधक ताप प्रणालीमा समस्या देखिएपछि उडान दलले जहाज ग्राउन्डेन गर्ने निर्णय गरेका हुन् ।

प्राविधीकद्वारा उक्त समस्या समाधान भएपछि पुनः जहाज उड्ने जानकारी नेपाल एयरलायन्सले दिएको छ । 

यसरी जहाज ग्राउन्डेड गर्दा यात्रुमा परेको असुविधा प्रति विज्ञप्ती जारी गरी नेपाल एयरलायन्सले क्षमा मागेको छ । 
 

ताजा खबर