कम्प्यूटर रिफ्रेश गर्नु समयको मात्र नोक्सानी 

२०७४ असार २९ बिहीबार ०६:४८:०० मा प्रकाशित

एजेन्सी, के तपाइमा पनि प्राय आफ्नो कम्यूटर रिफ्रेश गरिरहनुहुन्छ ? यदि छ भने आजै बाट यो बानि हटाउनुस् । यसबाट कुनै फाइदा हुँदैन । 
अक्सर १० मध्य ९ विण्डोज प्रयागकर्ताले सबैभन्दा पहिले आफ्नो कम्प्यूटर रिफ्रेश गर्छन् ।

तर यसबाट के फाइदा हुन्छ भन्ने बारे उनीहरुलाई पनि पत्तो हुँदैन । कम्प्यूटर  रिफ्रेश गर्दा ¥याम पनि रिफ्रेश हुन्छ भन्ने विश्वासले कतिपयले लगातार ३० सेकेन्ड देखि एक मिनटसम्म यो प्रक्रिया जारी राख्छन् । तर यसबाट कम्प्यूटर द्रुत गतिमा चल्छ भन्ने कुरा भ्रममात्र हो । यसबाट समयको नोक्सानी मात्र भइरहेको हुन्छ ।   
विन्डो क्लबका अनुसार निरन्तर कम्प्यूटर रिफ्रेश गर्ने मानिस कम्पल्सिव डिसअडरबाट पिडित हुन्छन् । यस्ता मानिसहरु अनावश्यक रुपमा आफ्नो विण्डोजको चेक गरिरहन्छन् । यस्तो बानी सामान्य मानिसमा मात्र नभई कम्प्यूटर इन्जिनियरहरुमा पनि हुने गर्छ । उनीहरु कम्प्यूटर रिफ्रेश गर्ने नाममा एफ ५ बटन थिचिरहन्छन् । यस्तो बानीलाई हटाउनुपर्ने विज्ञहरुको सुझाव छ ।  बीबीसीबाट 
 

ताजा खबर