मदिरा घुट्क्याउन विद्यार्थी सहित नेपाल आए बिहारी शिक्षक

२०७५ जेठ १४ सोमबार १२:५८:०० मा प्रकाशित

सरल संवाददाता

काठमाडौं, १४ जेठ । बिहारको कटिहार स्कुलको शिक्षकहरुले शैक्षिक भ्रमणमा लाने बहानामा विद्यार्थीहरुलाई बिराटनगर ल्याइ टन्न रक्सी खाएपछि हंगामा मच्चेको छ ।

भागलपुर लिएर जानु पर्ने भएपनि रक्सी खाने उद्देश्यले विद्यार्थीहरु सहितको गाडिलाई नेपालतिर जान शिक्षकहरुले आग्रह गरेका थिए ।

बिहारमा मदिरा प्रतिबन्धीत छ र बिहारीहरु नेपालमा विभिन्न बहाना मदिरा सेवन गर्न आउने गरेका छन् । यस्तोमा शिक्षकले लैजाने भनेको स्थान नलगि बिराटनगर ल्याइ आफुले टन्न मदिरा खाइ बसमा बान्ता गर्दै गएपछि विद्यार्थीहरुले आफ्ना अभिभावकहरुलाई घटनाको जानकारी दिएका थिए ।  

२७ जना छात्रा र १३ जना छात्र लिएर गएको शिक्षकको यस्तो हर्कतको भोलिपल्ट अभिभावकहरुले स्कुलमा गइ नाराबाजी गरेको थिए ।  
विद्यार्थीहरुका अनुसार शिक्षक राधेश्याम सिंह तथा तोला सेवकहरु नुर आलम, अमित कुमार रजक, विकास कुमार रजक र अशोक रजकले विद्यार्थीहरुलाई बस भित्रै बस्न आग्रह गरेर पुनः जोगबनीमा घण्टौं हराएका थिए ।

यसरी हराएर फर्कि आउँदा उनिहरुले भुइँमा खुट्टा टेक्न सक्ने अवस्था थिएन । उनिहरुले बसमा बान्ता गरेपछि विद्यार्थीहरु र एक महिला कुकले सफा गर्नु परेको थियो ।

यस्तो गैर जिम्मेवार काम गर्ने शिक्षकहरुलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी दिनेश चन्द्रदियोले बताएका छन् ।

ताजा खबर