जीवन विज्ञानले मनायो गुरु पूर्णिमा महोत्सव

२०७४ असार २७ मंगलबार १६:४६:०० मा प्रकाशित

काठमाडौं,२७ असार । जीवन विज्ञान प्रतिष्ठानले गुरुपूर्णिमाको शुभ अवसरमा गुरुपूर्णिमा महोत्सव मनाएको छ । 

जीवन विज्ञानका संस्थापक रमेश नेपालले ध्यानको माध्यमबाट व्यक्तिभित्र अन्तर्निहित ज्ञान जाग्ने र ध्यानकै माध्यमबाट सम्पन्नता प्राप्तहुने विषयमा चर्चा गरेका थिए ।
 त्यसैगरी जीवन विज्ञान प्रतिष्ठानकै अर्का संस्थापक एल पि भानु शर्माले नेपाल परापूर्वकालदेखि अध्यात्मको श्रोत रहेको चर्चा गर्दै अब पूर्वीय अध्यात्मको सन्देशलाई विज्ञानले संसारभरि फैलाउने अभियान सुरु गरेको भन्दै प्रशन्नता व्यक्त गरे।

 मुख्य सचिव डा सोमलाल सुवेदी प्रमुख आतिथ्यता रहेको महोत्सवमा हास्यकलाकार सिताराम कट्टेल, गायक रामकृष्ण ढकाल तथा शिशिरयोगी, वालज्ञानी गुरु आदित्य दाहाल, पत्रकार ऋषि धमला, गायिका कोमल ओली सहित समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा करिब १५ सय साधक÷साधिकाहरुको उपस्थिति थियो । 

 

ताजा खबर