२५ वर्षपछि उदाउँदै सञ्जय र श्रीदेवी जोडी 

२०७४ असार २७ मंगलबार १३:३१:०० मा प्रकाशित

मुम्बई । जमानामा बलिउडकी चर्चित नायिका श्रीदेवी र भाईजान सञ्जय दत्त फेरि एकसाथ पर्दामा देखिने भएका छन्। यी दुई कलाकारले केवल एउटै फिल्ममा मात्रसँगै अभिनय गरेका छन् । २५ वर्ष अघि महेश भट्टले निर्देशन गरेको फिल्म ‘गुमराह’ मा यो जोडीले सँगै काम गरेका थिए । २५ वर्षको   अन्तराल पछि यो जोडी पर्दामा देखिने भएका छन्।

निर्देशक अभिषेक वर्मन आफ्नो आगामी फिल्ममा यी दुई कलाकारलाई अभिनय गराउन लागेका हुन । यी दुई सँगै फिल्ममा आलिया भट्ट, बरुण धवन र सोनाक्षी सिन्हालाई पहिले नै साइन गराइसकिएको छ । श्रीदेवीले पनि ६ महिना अगाडि नै यो फिल्म खेल्ने पक्का भएको थियो । फिल्ममा सञ्जय दत्त र श्रीदेवी प्रमुख भूमिकामा देखिने सम्भावना रहेको छ।

 निर्माता करण जौहरले यो फिल्म निर्माण गर्दैछन् । यो फिल्म उनका पिता यश जौहरको सपना हो । फिल्मको कथा भारत पाकिस्तान विभाजनमा आधारित छ ।
हाल श्रीदेवी अभिनित फिल्म मम प्रदर्शनमा आएको छ,जसले दर्शकको मन जित्न सफल भएको छ । यस्तै कलाकार सञ्जय दत्त भने ‘साबिह, बीबी और गैंगस्टर’ को तेस्रो भागको सुटिङमा व्यस्त रहेका छन्। एजेन्सी 
 

ताजा खबर