विदा भइन् ‘आनन्द’ कि सुमिता

२०७४ असार २७ मंगलबार ११:१३:०० मा प्रकाशित

मुम्बई । बलिउडको पुरानो फिल्म ‘आनन्द’ कि नायिका सुमिता सान्यालले यो संसार सदाका लागि छोडेकी छन्। फिल्म आनन्दमा अमिताभ बच्चनसँग नायिकाको भूमिका गरेकी सुमिताले ३० भन्दा बढि बंगाली चलचित्रमा काम गरिसकेकी छन् । सन् १९७१ बनेको फिल्म आनन्दमा अमिताभ बच्चन र राजेश खन्नाको मुख्य भूमिका रहेको थियो भने नायिका सान्याल पनि फिल्ममा मुख्य भूमिकामा   थिइन् । फिल्ममा उनी अमिताभकी प्रेमिका बनेकी थिइन् ।

‘मेरे अपने जैसी’ गुड्डी, आशिर्वाद, लगायतका चलचित्रमा पनि उनको मूख्य भूमिका रहेको थियो भने सुमिताको विवाह चलचित्र सम्पादक सुबोध रायसँग भएको थियो । 
सन् १९४५, अक्टुवर ९ मा र्दािजलिङमा सुमिताको जन्म भएको थियो । एजेन्सी
 

ताजा खबर