अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा ध्यान गर्न नेपालमा  

२०७५ जेठ ९ बुधबार ०९:०९:०० मा प्रकाशित

अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा हल मगुस नेपाल भ्रमणमा आएकी छिन् । उनी करिब एक साता पहिले नेपाल आएकी हुन् । 
बुद्ध धर्ममा आधारित ध्यान (मेडिटेसन) मा रुची राख्ने उनी ध्यान गर्नकै लागि नेपाल आएको बताइएको छ । हाल कास्की तथा लमजुङ भ्रमणमा रहेकी उनी आजै काठमाडै फर्किदै छिन् ।

नेपालमा अझै करिब एक साता बस्ने उनले यही मही २९ मा काठमाडौको बौद्धमा एक कार्यक्रमकाबीच आफ्नो अन्तरिक्ष यात्राको अनुभव र बुद्ध धर्मप्रतिको आकर्षका विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ । 
उनी अमेरिकी अन्तरिक्ष संस्था नासाका पूर्व अन्तरिक्ष यात्री हुन् । उनी अन्तरिक्षमा एक सय ३४ दिन विताएर सन २००९ मार्च २८ मा पृथ्वीमा फर्किएकी थिइन । उनी स्पेस सटल एसटीएस १३५ को अन्तिम मिसनको सदस्यको जिम्मेवारी सहित अन्तरिक्षमा गएकी थिइन । 
उनले जर्जिया इन्सिच्युट अफ टेक्नोलोजीबाट सन १९९६ मा भौतिक विज्ञान र इन्जिनियरिङमा पिएचडी गरेकी थिइन ।  नासाकी पूर्व निर्देशक समेत रहेकी उनले पुनः नासामा जोडिन लागेकी छिन् । 
 

ताजा खबर