शरद् र निशालाई पुत्रलाभ

२०७५ जेठ ५ शनिबार १२:२९:०० मा प्रकाशित

 काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा निशाले छोरालाई जन्म दिएकी हुन् ।

निशाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छन् ।

अमेरिकामै सन्तानलाई जन्म दिने योजनाका साथ नेपाली क्रिकेट टोलीका सदस्य पति शरद सहित निशा केही महिना यता अमेरिकामै बस्दै थिए।  

 

ताजा खबर