चाणक्यका चोटिला चिन्तन 

२०७५ जेठ ४ शुक्रबार २१:५४:०० मा प्रकाशित

 चाणक्य ऋषि उनका चर्चित नीति कथाले गर्दा आजसम्म पनि उत्तिकै सान्दर्भिक छन् । उनले प्रतिपादन गरेका नीति कथाहरु मानिसको जीवनको कुनै पनि पाटोमा काम नलाग्ने भन्ने नै छैनन् । उनका केही अत्यन्त प्रभावशाली भनाईहरु पाठकहरुको रुचिको विषय बन्ने आशाले यहाँ प्रस्तुत गरेका छौं–

  पुरुषको विवेक र महिलाको सुन्दरता संसारमै सबैभन्दा शक्तिशाली हुन्छ ।  हरेक मित्रताको पछाडि जरुर केही स्वार्थ हुन्छ, यो तीतो सत्य हो ।
 

आफ्नो बच्चालाई पहिलो पाँच वर्ष खुब माया गर । ६ वर्षदेखि १५ वर्षसम्म कठोर अनुशासनमा राखेर संस्कार देउ र १६ वर्षपछि मित्रवत् व्यवहार सुरु गर ।

 
अरुको गल्तीबाट सिक । आफैं गल्ती गरेर सिक्ने हो भने तिमीसँग आयु एकदम कम छ ।

 
कुनै पनि व्यक्ति चाहिने भन्दा बढी इमान्दार हुनु आवश्यक छैन ।

 
   सिधा रुख पहिला काटिन्छ र सिधा व्यक्ति पहिलो आक्रमणको शिकार हुन्छ ।

 
  कुनै सर्प विषालु छैन भने पनि उसलाई विषालु देख्नुपर्छ । नटोकिहाले पनि जुनसुकै बेला टोक्न सक्छ भनेर अरुलाई महसुस गराउन सक्नुपर्छ ।

 
कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफूलाई तीन प्रश्न गर – ‘म यस्तो किन गर्न गइरहेको छु ? यसको परिणाम के होला ? के म सफल हुन्छु त ?’

 
    डरलाई नजिक आउनै नदेउ, यदि यो नजिक आयो भने यसमाथि हमला गर । डरसँग भाग्ने होइन सामना गर ।

 
सुरु गरेको काम सम्पन्न गर, परिणामसँग नडराउ ।  सुगन्धको प्रसार हावाजस्तै कमजोर हुन्छ, तर राम्रो कुरा सबै दिशामा फैलन्छ ।

 
ईश्वर चित्रमा होइन, चरित्रमा बस्दछन् । आफ्नो आत्मालाई मन्दिर बनाउ ।

 
  व्यक्ति आफ्नो आचरणले महान हुन्छ, जन्मले होइन ।

 
    यस्तो व्यक्ति जो आफ्नो स्तरभन्दा तल वा माथि देखिन्छ, उसलाई साथी नबनाउ । बनायौ भने ऊ तिम्रो कष्टको कारण हुनेछ । समान स्तरको मित्रता सुखदायक हुन्छ ।

 
    शिक्षा सबैभन्दा असल मित्र हो । शिक्षित व्यक्तिले सदैव सम्मान पाउँछन् । शिक्षा शक्तिका अगाडि युवा शक्ति र सौन्दर्य शक्ति सबै कमजोर हुन्छन् ।

ताजा खबर