कम्युनिस्ट एकता ! बधाई काङ्ग्रेस !

२०७५ जेठ ४ शुक्रबार ०८:४३:०० मा प्रकाशित


मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता भएर नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन बनेछ । समान विचार र स्वार्थका दलहरूकावीचमा ध्रुबीकरण स्वागतयोग्य र स्वाभाविक  थियो , भयो ! 

त्यसैले यो एकताको लागि दुवै दलका नेता कार्यकर्ता सबैलाई बधाई ! तर काङ्ग्रेसलाई झन् ठूलो बधाई !

  अव सत्तारुढ कम्युनिस्ट पार्टी  मुलुकका प्रवल शक्ति  मात्रै नभएर दुई तिहाई बहुमतको सरकारमा छ  !

लक्ष विमुख र गतिहीन काङ्ग्रेस आफूभित्र कसलाई कसरी पछार्ने त्यही दाऊमा छ ! 

 तर काङ्ग्रेसले आज आएर लक्ष हराएको होइन !

वर्तमान इतिहासमा २०४२ सालको सत्याग्रहबाट लक्ष हराउन  शुरु गरेको हो !

वीपी कोइरालाको निधनको तीन बर्ष बित्दानबित्दै बीपीको राष्ट्रिय मेलमिलाप नीतिको विरुद्ध काङ्ग्रेसले सत्याग्रह गर्यो !

वैचारिक विचलन आरम्भ गर्यो !  त्यसको नेतृत्व गणेशमानजी र किसुनजीले गर्नु भयो ! २०४६ सालको आन्दोलन पनि वीपीको राष्ट्रिय मेलमिलाप नीतिको विपरित थियो !

त्यसको नेतृत्व गणेशमानजीले गर्नुभयो !

बीपीलाई अस्वीकारगरेर काङ्ग्रेसको नेतृत्व गर्नु भएको गणेशमानजीलाईपनि  काङ्ग्रेसले अस्वीकार गर्यो !
गणेशमानजी काङ्ग्रेसबाट अलगिनु भयो !
 
२०४२ र २०४६ मा गणेशमानजी र किसुनजीले वीपीलाई अस्वीकार गर्नुभयो ! 

२०६२÷६३ र २०६५मा गिरिजाप्रसाद कोइरालाले वीपीलाई अस्वीकार गर्नु भयो र किसुनजी काङ्ग्रेसबाट बाहिरिनु भयो !

गिरिजाप्रसाद कोइराला . . .  भनिरहनु पर्दैन !

यही हो काङ्ग्रेसको नियति !
 
लामो सङ्घर्ष, बलिदान, अभाव र असफलताको अनुभवको निष्कर्षस्वरूप बीपीले काङ्ग्रेसको राजनीतिक भविष्यलाई सुनिश्चित गराउने उद्देस्यले  विचार र अचूक रणनीति समेत दिनुभएको थियो !

तर मुलुकभित्र कम्युनिस्टहरू र मुलुक बाहिर भारतीय रणनीतिको अङ्ग बन्दै जाँदा एकपछि अर्को गर्दै आजको काङ्ग्रेस !

 कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट एउटा महाकाय पार्टी बनेको अवशरमा आज  वामपन्थी काङ्ग्रेसको परिचय बनाएको नेपाली काङ्ग्रेस पनि मूल बधाईको पात्र छ ! 

 
र २०४२ सालको सत्याग्रह  देखि २०६२÷६३ सम्मका आन्दोलनमा म आफू पनि सानोतिनो भूमिकामा संलग्न रहेको अवस्थामा मैले आफैं पनि  बधाई लिएको छु !

 माथिका मेरा भनाई धेरैलाई अप्रिय लाग्ला !

तर विगतको निर्मम समीक्षा गर्न नसक्ने  र विचार, रणनीति र संगठन कौशल प्रदर्शन गरेर अघि बढ्न नसक्ने काङ्ग्रेस नेपाली राजनीतिबाट हराउँदा राजनीतिलाई जागिर बनाएका केही सय  नेता र कार्यकर्ता बाहेकलाई खासै चिन्ता पनि नरहला !

प्रतिद्वन्द्वी दलहरूको  वा विरोधी दलको  सरकारको गल्तीको लाभ लिन पनि सांगठानिक शक्ति त चाहिन्छ !  

तर स्वेच्छिक अवसान रोज्न पनि पाइएला नै !

(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष भट्टराईको फेसबूब स्टाटसबाट)
 
 

ताजा खबर