अष्ट्रेलिया जाने विद्यार्थीलाई एकदिनमै ‘अफर लेटर’ 

२०७५ जेठ ३ बिहीबार ११:१७:०० मा प्रकाशित


काठमाडौं । ग्लोबल काठमाडौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान बेहेरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान एवं प्रसिद्ध माइग्रेसन एजेन्ट योगेन्द्र पौडेलले शैक्षिक परामर्श प्रदान गरे ।

मेलामा एक्सेलसिया कलेजमा उपलव्ध  विजनेश, साइकोलोजी काउन्सिलिङ, ड्रामा म्युजिक र चाइल्ड केयर विषयमा परामर्श दिइएको थियो ।
एक महिनासम्म संचालन हुने ‘एड्मिसन मन्थ’ प्रोग्राम अन्तरगत अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले परामर्श दिने कार्यक्रम छ । 

शैक्षिक मेला अवधिभर कतिपय कलेजले एकै दिनमा अफर लेटर उपलव्ध गराउने योजना रहेको ग्लोबल काठमाडौं कन्सल्टले जनाएको छ ।


 

ताजा खबर