बालगायक अशोक दर्जीलाई चर्चामा ल्याउने को हुन् पर्दा पछाडिका अभियन्ता

२०७५ जेठ २ बुधबार १०:५०:०० मा प्रकाशित

उर्लाबारी, २ जेठ । सामाजिक सञ्जाल अनि यूट्यूवमा यतिबेला झापा दमकका बालगायक अशोक दर्जिको चर्चा शिखरमा छ। दर्जीको पहिलो गीत “मन बिनाको धन ठूलो कि धन बिनाको मन” ट्रेडिङको पहिलो नम्बर रहेको छ।

झापाको बेलडाँगी शिविर आसपासमा गीत गाएर हिँड्ने उनको प्रतिभाले आम स्रोताको मन जित्न सफल भएका छन् ्। अशोक दर्जीलाई यो स्थानसम्म ल्याएको भनेर जसरी केहि मानिस अशोकसँगै चर्चामा छन् त्यसको वास्तविकता भने केहि फरक रहेको छ। सडक पेटीमा केहि पैसाको लागि गीत गाउँदै हिँड्ने अशोकको लागि पहिलोपटक मोरङको उर्लाबारीमा उर्लाबारी फोकस टिभीले अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेको थियो।

पत्रकार किशोर श्रेष्ठको पहलमा आयोजना गरिएको कार्यक्रममा पूर्वका पत्रकार र प्रायः सबै यूट्यूव च्यानलहरुको सहभागिता रहेको थियो।

अशोकको प्रतिभालाई आम संगीत प्रेमीमाझ पुर्याउन मात्र नभएर उसको भबिष्य निर्माण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको पत्रकार किशोर श्रेष्ठले बताए।

उक्त कार्यक्रमबाट नै अशोकको पठनपाठनको जिम्मा उर्लाबारी ७ मा रहेको बेथेल एजूकेसन एकेडेमीलाई दिइएको थियो। अशोकसँगै उनका दुई बहिनीहरुलाई पनि १० कक्षासम्म निशुल्क पढाई दिने बेथेलका प्रेन्सिपल दिपक न्यौपानेले बाचा गरेपछि अशोकलाई बेथेलमा भर्ना गरेको पनि पत्रकार श्रेष्ठले बताएका छन्। काठमाडौं र झापाका केहि बिद्यालयले अशोकलाई पढाउने प्रस्ताव राखेको भएता पनि उर्लाबारीमा नै हँुदा रेखदेख गर्न सहज हुनेभएकाले उक्त बिद्यालयमा अशोकलाई भर्ना गरिएको थियो।

उर्लाबारी फोकस टिभी भन्दा अघि नयाँ नयाँ न्यूज नेपाल र तातो तातो खबरले अशोकको अन्तर्वार्ता गरेको थियो। जसले गर्दा अशोकको चर्चा भएतापनि उनको सडक पेटिमा गीत गाउने दैनिकीमा भने कुनै परिवर्तन आएको थिएन। दमकका पत्रकार विनोद श्रेष्ठको सहयोगमा पहिलोपटक उर्लाबारी फोकसका लागि पत्रकार श्रेष्ठले अन्तर्वार्ता गरेका थिए। अशोकको पहिलो अन्तर्वार्ता फोकसमा छोटो समयमा नै लाखौं दर्शकले हेरेपछि र भिडियो मात्र खिच्न भन्दा पनि सहयोग गर्न आएको प्रतिक्रियाले गर्दा प्रतिभा पहिचान कार्यक्रम गर्न प्रेरित भएका थिए पत्रकार किशोर श्रेष्ठ र बिबेक हिङमाङ।  लाखौं दर्शकको माग पछि अशोकलाई सहयोग गर्ने उदेश्यले कार्यक्रम तय गरिएको थियो। उक्त कार्यक्रमका लागि कुरा गर्न अशोकको घर पुग्दा त्यहाँ देखिएको दृश्यले अझ मार्मिक बनाएको थियो पत्रकार श्रेष्ठ र हिङमाङ्लाई।

अशोकसँगै खोलाको किनारमा दयनीय अवस्थामा बसेर जिविकोपार्जन गर्दै आएका अशोकको परिवालाई पनि केहि सहयोग पुर्याउन सके कार्यक्रमले अझ सार्थकता पाउने सोचले गर्दा कार्यक्रममा पत्रकारलाई मात्रै नभएर समाजका समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मीलाई पनि बोलाइएको थियो। अशोकको परिवारका लागि ५० हजार सहयोगको जुट्ने भएको छ। हङकङ बस्दै आएका उर्लाबारीका सचिन योन्जनले अशोकको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता सोही कार्यक्रममा गरेका थिए।

अशोकका बुबाले छोराको भविष्य हजुरहरुको हातमा रहेको भन्दै केहि गर्दिन अनुरोध गरेको र हामीले उसको लागि प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेसँगै अशोक यो स्थानसम्म पुगेको पत्रकार श्रेष्ठले बताए। मिडियामा आउन ठूलो कुरा भएन अशोकका लागि कसले कति गर्यो झापा र मोरङका पत्रकारलाई स्पष्ट छ। बिद्यालय भर्ना गरेपछि दमकका डिजि रुपकले एउटा गीत रेकर्ड गर्न अशोकलाई ४ दिनका लागि काठमाडौं लैजाने अनुरोध पत्रकार श्रेष्ठ र बिद्यालयलाई गरेको थियो। उनको अनुरोधपछि पत्रकार श्रेष्ठले नै बिद्यालयसँग कुरा गरेर अशोकलाई काठमाडौं लैजाने अनुमति दिएका थिए। तर जब डिजि रुपकले अशोकलाई काठमाडौं लगेर गीत रेकर्ड गराएरपछि मिडियामा अन्तर्वार्ताहरुमा जस्तो किसिमका अभिव्यक्ति दिए त्यसले भने पत्रकार श्रेष्ठ रुष्ट बनेका छन्। अशोकलाई सडकबाट ल्याएर गीत रेकर्ड गराएको भन्ने डिजे रुपकको अभिव्यक्ति चित्तबुझ्दो नभएको उनले बताए।  श्रेष्ठले भने यो त ‘काम गर्ने कालु मकै खाने भालु’ भने जस्तो भएन र! मार्मिक अन्तर्वार्ता दिँदैमा मानिसको मन जित्न सकिएला तर वास्तविकत कहिले लुक्दैन।

अशोकको चर्चा शिखरमा रहेको बेला अन्य धेरै संगीत कर्मीहरुले अशोकसँग गीत रेकर्ड गर्ने ईच्छा नदेखाएको हैनन तर डिजे रुपकको अनुरोध अस्वीकार गर्न नसकेको उनले बताए।

अहिले डिजे रुपक, बिद्यालयका प्रिन्सिपल दिपक न्यौपाने र गायक टंक बुढाथोकीले गर्दा अशोकको भविष्य बनेको, अशोकको भगवान भनेर सामाजिक  संजाल, यूट्युव र पत्रपत्रिकाहरुमा जसरी उनिहरुको मात्रै एकोहोरो चर्चा परिचर्चा भैरहँदा वास्तविक अभियान्ताहरु भने छाँयामा परेका छन्। पत्रकार श्रेष्ठ भन्छन्- मिडियामा आउनु मात्रै ठूलो कुरा हैन साँचो मनले काम गर्ने हो जसले आत्मसन्तुष्टि दिन्छ। कार्यक्रम गर्नुअघि केहि दिन मेरो घरमा नै बस्यो अशोक, परिवारको सदस्य जस्तो बनेको छ। चनचले भएपनि माया लाग्दो छ, उसको लागि काम पाउँदा खुशी लागेको छ। स्थानीयले हाम्रो कार्यक्रम अनि हामीले गरेको कार्य देखेको छन् सबैले स्याबासी दिएका छन्, यसले प्रेणा मिलेको छ। यो अभियानमा दमकका पत्रकार विनोद श्रेष्ठ, लोकनाथ रिजाल, अनिल लिम्बू, समाजसेवी पूर्ण वाइबा, ममता राणा लगायत धेरैको योगदान रहेको छ। पत्रकार श्रेष्ठले भने, मैले नै पहल गरेर भाईलाई संगीत सिक्न उर्लाबारीको बिहानी कलाकेन्द्रमा हालेको छु। सबै कुरा मिडियामा भन्दै हिँडेर सस्तो लोकप्रियता कमाउन छैन तर कसैले झुटो कुरो गरेर अरुको कामलाई छाँयामा पार्न भने नमिल्ने पत्रकार श्रेष्ठले बताए।
 

ताजा खबर