घट्दै छन् नेपाल आइडलका प्रतिस्पर्धी

२०७४ असार २६ सोमबार १०:२४:०० मा प्रकाशित

काठमाण्डौ, २६ असार । एपी वान च्यानलबाट प्रसारण भइरहेको कार्यक्रम नेपाल आइडलमा अब गाला राउन्ड शुरु भएको छ । त्यस अन्तर्गत प्रत्येक हप्ता एलिमिनेसनबाट एक एक प्रतियोगी बाहिरिन छन् ।

बिहीबार भएको गाला राउन्डमा दर्शकहरुले गरेको भोटको आधारमा शुक्रबारको कार्यक्रमबाट एक प्रतियोगी बाहिरिएका छन् । अब ११ प्रतियोगी मात्र बाँकी छन् । 
सन्ध्या जोशी, प्रताप दास, मेनुका पौडेल र राहुल विश्वास बिहीबार रातिदेखि शुक्रबार मध्याह्न १२ बजेसम्म दर्शकबाट प्राप्त भोटका आधारमा सबैभन्दा कम भोट पाउने डेन्जर जोनमा परेका थिए ।

जजहरुले निकै रुचाएका र बिहीबारको कार्यक्रममा पर्फमेन्स अफ दि डेसमेत घोषित भएका प्रताप दास डेन्जर जोनमा परेपछि कस्तो लागिरहेको छ भन्ने प्रश्नको जवाफमा उनले भने,  ‘यो प्रतियोगिता हो, यसमा एकजनाको मात्र जीत हुन्छ भनेर जवाफ दिएका थिए ।’ यस्तै अर्को प्रतियोगी मेनुकाले पनि कम भोट पाएर बाहिरिए पनि हाँसी हाँसी बाहिरिने बताइन्।

कार्यक्रमको अन्तिममा एलिमिनेसनको परिणाम घोषणा गरिएको थियो ।  कम भोट पाउने चारमध्ये सबैभन्दा कम भोट पाउने राहुल विश्वास प्रतियोगिताबाट आउट भएका हुन्  । 

राहुललाई जज कालिप्रसाद बाँस्कोटाले आफ्नो गुडलकका रुपमा रहेको माला दिँदै भने, आफ्नो  कम्पोजिसनमा गीत नगाएसम्म यो माला राहुल सँगै रहनेछ ।’ 
काठमाडांैबाट अडिसन दिएका २१ वर्षीय राहुल नेपालगन्जका हुन् । उनले करन राज कार्कीसँग शास्त्रीय संगीत सिकेका हुन् ।
 

ताजा खबर